२०८३ कार्तिक २२ गते शनिवार

१५ सय मेगावाट बिजुली निकाल्न १६ आयोजनामा अध्ययन जारी [सूचीसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
budigandaki

काठमाडौँ-  विद्युत् विकास विभागले १६ वटा जलविद्युत् आयोजना निर्माणका विषयमा अध्ययन गरिरहेको जानकारी दिएको छ।

देशका विभिन्न ठाउँमा साना-ठूला यी आयोजनाबाट १५ सय मेगावाट बिजुली निकाल्नका सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। यी आयोजना निर्माणका विषयमा थप अध्ययन भइरहेको विभागले जानकारी दिएको हो।

निर्माणको चरणमा जानका लागि १६ वटा जलविद्युत् आयोजनाहरुबारे अध्ययन भइरहेको विभागका चिरञ्जीवी चटौतले जानकारी दिए। उनका अनुसार यी १६ वटै आयोजनाको अध्ययन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

निर्माण सुरु भएको ७ वर्षभित्र विद्युत् उत्पादन थाल्न सकिने विभागको प्रक्षेपण छ। अध्ययन भइरहेका १६ आयोजनामा अधिकांश कर्णाली र सुदुरपश्चिममा पर्छन्। कतिपय हिमाली क्षेत्रमा पनि विद्युत उत्पादन गर्न सकिने आयोजना यसमा समावेश छन्।

विभागका अनुसार गोरखामा १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाबारे अध्ययन भइरहेको छ।

हुम्लामा ४९.५ मेगावाटको लोती कर्णाली(धर्मा) जलविद्युत् आयोजनाका विषयमा पनि अध्ययन जारी छ।

सुर्खेतको वीरेन्द्रनगरमा भेरी बबई डाइभर्सनबाट ४८ मेगावाट बिजुली निकाल्ने योजना छ।

सोलुखुम्बुमा ४७ मेगावाटको दूधकोशी चौथो जलविद्युत् आयोजना र संखुवासभामा ४०.८२० मेगावाटको संखुवासभा खोला–१ जलविद्युत आयोजनाको अध्ययन भइरहेको विभागको भनाइ छ।

हुम्लामा ३० मेगावाटको कवादी खोला, जुम्लामा १७.५५० मेगावाटका जवाखोला जलविद्युत्, म्याग्दीमा १५.२ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना, ताप्लेजुङ १२.५०४ मेगावाटको मैयाखोला जलविद्युत् र लमजुङमा ८.७४० मेगावाटाको तल्लो चेपेखेला जलविद्युत् आयोजनाको अध्ययन कार्य जारी छ।

त्यस्तैगरी, ८.६२५ मेगावाटको रुपगाढ जलविद्युत्, जुम्लामा ५ मेगावाट क्षमताको भेरीखोला, रोल्पामा ४.४०० मेगावाटको लुङ्ग्री खोला जलविद्युत्, जुम्लामा ४.०१५ मेगावाटको न्याउरीगाढ जलविद्युत्, डडेल्धुरामा २.५२० मेगावाटको डोटीगाढ जलविद्युत् र मुस्ताङमा ०.४५० मेगावाट क्षमताको मुस्ताङ विन्ड पावर अध्ययनको चरणमा रहेको विभागले जनाएको छ।

प्रकाशित: २०८० असोज २९ गते सोमबार ०९:१२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना