काठमाडौँ– सरकारले खसीबोका र च्यांग्राको मूल्य घटाएको छ।
खसीबोका र च्याङ्ग्राको मूल्यमा केही सहुलियत गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको हो।
घटाइएपछि जिउँदो खसीको मूल्य प्रतिकिलो प्रतिकिलो ६५० रुपैयाँ कायम गरिएको छ।
यसअघि खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकिएको थियो।
च्याङग्राको मूल्य रु २५ ले कम गरिएको छ। अब जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १२२५ पर्नेछ।
यसअघि प्रतिकिलो १२५० रुपैयाँ कायम गरिएको थियो।
समायोजन गरी घटाइएको मूल्य शुक्रबारदेखि लागु हुने मन्त्रालयले प्रष्ट पारेको छ।
मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका किनेर उपभोक्तालाई बिक्री गर्दै आएको छ।


