काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो।
बुधबार प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कायम रहँदै १ लाख १९ हजारमा कारोबार भएको हो। यो छापावाल सुनको मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला तेजाबी सुन किन्न १ लाख १८ हजार ४५० रूपैयाँ चाहिन्छ।
शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीमा २० रूपैयाँ बढेको हो।


