२०८३ कार्तिक २४ गते सोमबार

लोकतान्त्रिक र वामपन्थीबीचको फरक छुट्याउनेका दु:ख!

 |  विश्व भण्डारी
Sanket

विश्व भण्डारी

काठमाडौँ, चैत १
bishwa_Bhandari

पछिल्लो समय सामाजिक सञ्जालमा लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच भिन्नता देखाउने होडबाजी छ। देवत्वकरण र दानवीकरणको पक्षविपक्षमा भएका बहसले सञ्जाललाई नै चेपुवामा पारेको छ। भलै सत्ताबाट हट्नुपरेपछि विरक्तिएका ‘कांग्रेसी’जनलाई मसला त मिलेको होला; जनमत पार्टीका नेता सीके राउतले एक अन्तर्वार्तामा दिएको प्रसंगले। सँधै देउवालाई गाली गरिरहने कांग्रेसीसमेत सीकेको भिडियो क्लिप कोट गर्दै देवत्वकरणमा उत्रिएका छन्। तर यतिले मात्र लोकतन्त्रको खम्बा बलियो बनेको भाष्य तयार गरेर फेलाउनु अतिशयोक्ति हुन सक्छ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबार जलाउँछु भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ (हाल परराष्ट्रमन्त्री) उनलाई जेल कसरी हाल्ने भनेर योजना बनाउन थालेछन्। तत्कालीन गठबन्धनका शीर्ष नेताहरुले भेला हुन समय नै खर्चेछन्। डा. राउतले यो कुरा बाहिर ल्याइदिएर थोरै भएपनि सत्तामा बस्नेतहरूको चिन्तन कस्ता विषयमा हुने रहेछ भनेर बुझ्न मद्दत गर्छ।

प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई आपत्तिजनक लागेको मेयर बालेनको त्यो स्टाटस ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्ने खालको धम्कीपूर्ण अभिव्यक्ति थियो। आफ्नै श्रीमतीलाई प्रसव पीडामा रहेका बेला ट्राफिक प्रहरीले अनावश्यक केरकार गरेकोमा उनको आक्रोश थियो। जुन कुरा आफैँमा सत्य कि अफवाह भनेर तत्कालीन समयमै विवादमा आएको कुरा हो।

प्रसंग जे भएपनि बालेनको भाषा अराजकतालाई प्रोत्साहन गर्ने खालको नै थियो। त्यहाँ पनि एउटा स्थानीय तहको सरकार प्रमुखले बोल्न नहुने कुरा थियो। तर स्टाटस पढ्न भ्याएका नेताले कम्तीमा त्यसमा आएका प्रतिक्रिया पनि हेरिदिएको भए आफ्नो रणनीति अलि फरक बनाउने थिए होलान्।

त्यस्ता अभिव्यक्ति उदीयमान नेताबाट आउनु र त्यसमा ७० प्रतिशतभन्दा माथि’को समर्थन देखिनु हलुका विषय थिएन। नेताहरुको ध्यान यस्ता अराजक अभिव्यक्ति किन आइरहेका छन्, आक्रोश किन बढिरहेको छ भन्नेतिर हुनुपर्ने थियो। एउटा मेयरलाई मुद्दा लगाएर थुन्दैमा यी कुरा बन्द हुन्नन्, झन् भड्किन्छ भन्ने हेक्का प्रधानमन्त्रीले राख्नु पर्ने थियो। बरु शीर्ष नेताको त्यो बैठक ट्राफिक व्यवस्थापन कसरी गर्ने, समस्याबारे सत्यतथ्य बुझ्नेमा हुनुपर्ने थियो।

प्रसंग जे भएपनि बालेनको भाषा अराजकतालाई प्रोत्साहन गर्ने खालको नै थियो। त्यहाँ पनि एउटा स्थानीय तहको सरकार प्रमुखले बोल्न नहुने कुरा थियो।

सिंहदरबार जलाउने अभिव्यक्ति दिएको सन्दर्भमा बालेन गलत नै थिए। तर आक्रोश दबाउने सूत्र धरपकड हैन, समस्या समाधान हो भन्ने हेक्का राख्नुपर्ने थियो। धन्न कांग्रेस सभापति देउवा, जनमतका नेता डा राउतले चलाखीपूर्ण रुपमा यो विषयलाई सामसुम परिदिएछन्। यही प्रसंगलाई लिएर राउतले भनेका छन्- मैले त्यसबेला लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको भिन्नता देखेँ।

राउतको यही भनाइलाई लिएर कांग्रेसनिकटहरू ‘देखेउ हाम्रो सभापति…’ भन्दै देउवालाई उदार र चरम लोकतान्त्रिक देखाउन उद्यत छन्। ती तिनै हुन्, जो देउवाकै कारण कांग्रेस कमजोर बन्यो, पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भयो भनेर पार्टीभित्र रोइकराइ गरिरहेका हुन्छन्। त्यसैले मेरो पहिलो अनुरोध साथीहरुलाई- एउटै प्रसंगलाई लिएर कसैलाई देवता या दानव बनाइहाल्ने ‘कु’लतबाट परै रहौँ। बरु उहाँहरुको विगतको त्याग र योगदानलाई सम्मान गर्दै अब मार्गप्रशस्त गर्न दबाब दिऔँ।

नेपालको यो ‘खोले’ राजनीति आफैँमा अलमलग्रस्त छ। कसलाई कुन शक्तिको रुपमा व्याख्या गर्ने भनेर छुट्याउन गाह्रो छ। हिजो वामपन्थी र लोकतान्त्रिक शक्ति एक हुँदा देश बन्छ भनेका नेताहरु केही समयभित्रै पुनः वामपन्थी शक्ति एक बनाउने होडबाजीमा छन्। संख्याको लागि मध्य–दक्षिणपन्थी शक्ति रास्वपालाई गठबन्धनमा जोडेपनि यसलाई वामपन्थी एकताकै प्रारम्भको रुपमा व्याख्या गरिरहेका छन्। भलै यस्ता प्रारम्भ र अन्त्यको धेरै चक्र यो ‘शक्ति’ले पार गरिसकेको छ।

कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति वा अर्को कित्ताले वामपन्थी शक्तिको रुपमा व्याख्या गरेपनि सारमा यी उस्तै हुन्। स्वार्थअनुकुल आफूलाई जुन शक्ति बनाउनु परे पनि तयार छन्। त्यसैले अन्य उपलब्धि केही दिलाउन नसकेका नेताहरु ‘बोल्न त पाएका छौ नि’ भन्दै मख्ख छन्।

अर्कोतर्फ कार्यकर्ताले पनि ‘बोल्न पाउने’ कुरा नै लोकतन्त्र हो र हामी यसैमा गर्व गर्नुपर्छ भन्दै हिँडेका भेटिन्छन्। देउवाको पछिल्लो समयको तारिफ पनि त्यही ‘बोल्न पाइहाल्छ नि’ भन्ने उक्तिको जगमा छ। तर आजको सामाजिक सञ्जाल र प्रविधिको भेलमा डुबेका पुस्ताले बोल्न पाउने कुरालाई त्यस्तो ठूलो ‘इस्यू’को रुपमा लिएका हुँदैनन्।

अभिव्यक्तिको अनेक माध्यम विकास भइरहेको यो समयमा ‘बोल्न पाउने’ कुरालाई लिएर भावुक हुनुको कुनै अर्थ छैन। भलै यो महत्त्वपूर्ण कुरा होला, तर अबको राजनीतिक मुद्दा यसैमा अल्झिरहनु ठिक छैन। लोकतन्त्र सुन्दर बनाउने बाटाहरु अगाडि धेरै छन्।

कांग्रेसले आफूलाई लोकतान्त्रिक शक्ति वा अर्को कित्ताले वामपन्थी शक्तिको रुपमा व्याख्या गरेपनि सारमा यी उस्तै हुन्। स्वार्थअनुकुल आफूलाई जुन शक्ति बनाउनु परे पनि तयार छन्।

बरु लोकतन्त्र बलियो बनाउन संसारमा जेजस्ता अभ्यास र परम्परा स्थापित छन्, ती यत्तिकै सनकका भरमा बनेका या बनिबनाउ प्राप्त भएका थिएनन् भनेर यो पुस्तालाई बुझाउन आवश्यक छ। राजा र कुलीनका हातमा एकलौटी रहेको सत्ता र शक्तिलाई जनप्रतिनिधिसम्म ल्याउन दुनियाँले गरेका अनेक संघर्षको कथा बुझाउन आवश्यक छ।

लोकतन्त्र त्यो हो, जहाँ साधारण मानिसले पनि न्याय र सुरक्षाको सम्भावना देख्छन्। लोकतान्त्रिक शक्ति वा नेता त्यो हो, जसले यी सम्भावनको ढोका खोल्ने बाटो देखाउँछन्। जसमा अहिले सबै राजनीतिक शक्ति चुकिरहेका छन्। न विधि र पद्धतिको पालना गर्छन्, न यस्ता विधि र पद्धतिलाई परीक्षण गर्ने मर्यादित र सम्मानित संस्था बनाउन लागिपरेका छन्। बरु भएका पनि राजनीतिक भागबण्डा गरेर ध्वस्त बनाइरहेका छन्।

लोकतान्त्रिक शक्ति त्यो हो, जसले समाजका बहुआयामिक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने संस्थाको जग बलियो बनाउन प्रयत्न गर्छ। र, तिनले आफ्ना उद्देश्यअनुरूपका आचरण र व्यवहार गरे भने मात्र लोकतन्त्र बलियो हुन्छ।

पछिल्लो समाय त्रिभुवन विश्वविद्यालयमा देखिएको उपकुलपति नियुक्ति होस् या संवैधानिक आयोग होस्, सामान्य सार्वजनिक संस्था नै किन नहुन्, आफ्ना गोजीका अनुयायीलाई नियुक्ति दिएका दिएकै छन्। शक्ति साझेदारहरूबीच भागबण्डा संस्कार नै बनिसकेको छ। लोकतन्त्र र हाम्रा लोकतन्त्रका आधारभूत संस्थालाई निमोठ्न नेताहरू प्रयत्नशील छन्। जसले जहाँ भेट्यो त्यहीँ निमोठिदिएका छन्। यसले लोकतन्त्र र हाम्रो प्रणालीको हुर्मत काढिरहेकै छ। हामी आफ्ना लोकतान्त्रिक संस्थालाई बलियो बनाउन र लोकतन्त्रलाई सुदृढ गर्ने आधार तयार गर्न अझै आवश्यक ठानिरहेका छैनौँ।

यिनै समस्याका कारण सरकारका काममा बौद्धिक समूह सहभागी हुन खोजिरहेका छैनन्। काम गर्ने स्वतन्त्रता नपाएको भन्दै बौद्धिक समूह पलायन भइरहेका छन्। र, हाम्रो पुस्ता यी सबै दुर्दशा टुलुटुलु हेरेर बस्न विवश छ।

तसर्थः वामपन्थी शक्ति र लोकतान्त्रिक शक्तिबीचको भिन्नता छुट्याउने दु:ख नगरौँ। सारमा यी दुवै कित्ताका भक्तहरू समान हुन्। राजनीतिमा कसैप्रति सहानुभूति दर्शाउन वा कसैलाई तर्साउने खिचडी पकाउन आवश्यक छैन।

केबल ‘बोल्न पाइने’ र ‘चुनाव लड्न’ पाउने कुरालाई मात्र लोकतन्त्र मान्ने हो र यही हाम्रो उपलब्धि हो भन्दै फलाक्दै हिन्ने हो भने लोकतन्त्रप्रतिको विश्वास डगमगाउनेवाला छ। यी कुराको हेक्का राख्दै राजनीति गरौँ। यद्यपि, सो दिन काठ’मेयरको प्रसंगमा अडान लिइदिएकोमा भने देउवालाई मेरो पनि धन्यवाद छ।

प्रकाशित: २०८० चैत १ गते बिहिबार ०३:३१
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना