काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँ छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ८०० रुपैयाँ थियो।
आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो।


