काठमाडौँ- इलाम २मा नेकपा एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाएका छन्। पछिल्लो अपडेट अनुसार सुहाङले ७८० मतको अग्रता बनाइरहेका छन्
फाकफोकथुम गाउँपालिकाको ६ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा १००१ मत बढी पाएका छन्।
नेम्वाङले ३ हजार ७८३ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ७८२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४मत पाएका छन्।
त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्।


