२०८३ कार्तिक २० गते बिहिबार

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
53bd1891-b9dd-4a73-a777-789017dd

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उनीहरुलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिएका थिए। उनले भने, ‘ सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। नगरवासीको सहभागिता र सहकार्यमा भौतिक पूर्वाधारको काम, सामाजिक विकास, स्वास्थ्य बीमा, सबैका लागि शिक्षामा उच्च प्राथमिता दिइएको छ।’

सुशासन, आर्थिक पारदर्शिता, कोष तथा लेखा नियन्त्रण तथा लेखा परीक्षणका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको नीति उत्कृष्ट रहेको जनाउँदै भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मको उच्च प्रतिनिधि मण्डलले चन्द्रागिरि नगरपालिकालाई अवलोकनका लागि छनोट गरी सोबारेमा जानकारी लिएको बताइएको छ। सो अवसरमा महालेखापरीक्षक तोयम राया, उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारी, विन्दु विष्ट, पद्मराज पौडेलर बैकुण्ठबहादुर अधिकारीको सहभागिता रहेको थियो।

सो अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्यालले नगरको भौतिक पूर्वाधारसहित सामाजिक विकासका क्षेत्रमा सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति गरेका थिए। सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरु घनश्याम लुइँटेल, नरेन्द्रराज श्रेष्ठ, प्रह्लाद रिजाल, सञ्जय सिग्देल, राजेन्द्र महर्जनसहित नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता थियो। भारतको सो प्रतिनिधिमण्डलमा नियन्त्रक तथा महालेखापरीक्षक मुर्मसहित निर्देशक रिना अकोइजम, डा गौरवकुमार र करन बोहरा सहभागी थिए। सो प्रतिनिधिमण्डल मङ्गलबार नेपाल आएको थियो।

प्रकाशित: २०८१ बैशाख १९ गते बुधबार ०८:०४
प्रतिक्रिया

थप समाचार

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना