काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्सले ३४.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ९.५० नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कुल १ अर्ब रुपैयाँको बोनस सेयर र ३८ करोड रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ।
लाभांश प्रस्ताव स्वीकृतिका लागि नियामक बीमा प्राधिकरण पठाइएको छ।
प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित गरी लगानीकर्ताले पाउने छन्।
बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।


