काठमाडौँ- ६ जना सचिवको सरुवा भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्री कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेलाई सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको छ।
पर्यटनका डा दीपक काफ्लेलाई शिक्षा मन्त्रालयमा पठाइएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा वन मन्त्रालय पठाइएका छन्।
वनका डा दीपककुमार खरालललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय पठाइएको छ।
कृषिका डा. रेवतीरमण पौडेललाई कृषि विकास निर्देशनालयमा सरुवा गरिएको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयकी सचिव राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी छन्।


