काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो।
सरकारको नी तथा कार्यक्रम संसद बैठकमा राष्ट्रपतिले वाचन गर्ने व्यवस्था छ।
यस्तै बैठकले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
यस्तै समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
खेलाडीलाई २ करोड ९७ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय


