२०८३ कार्तिक २२ गते शनिवार

लगानीका स्रोत र सम्भावना खोजी गर्न सम्मेलन सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २९
investment

काठमाडौँ- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको छ। लगानी बोर्ड तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय लगानीसम्बन्धी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपयुक्त समयमा सम्मेलन सुरु भएको बताए। बजेट निर्माणको समयमा सरकारले स्रोतको पहिचान र अवधारणाको खोजी गरिरहेको बेला यो सघन सम्मेलन आयोजना भएकोमा खुसी व्यक्त गरे।

नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था यसअघि नै गरेको उनको भनाइ छ। विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको उनको भनाइ छ।

‘हाम्रा विकासका लक्ष्य हात पार्नका लागि चाहिने वित्तीय स्रोतको ग्याप पूरा गर्नका. लागि उपयुक्त हुने लगानीको उपयुक्त अवधारणाको खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ। यसले हामीलाई मार्गदर्शन गर्नेछ,’ उनले भने।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाललाई स्रोत र साधनको आवश्यकता भएकोमा कुनै शंका नरहेको बताए। उद्घाटन सत्रमा बोल्दै महतले नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता अहिलेसम्म आवश्यकता अनुसार नभएको बताए।

‘लगानी ग्याप फिलका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं। त्यसका लागि नीतिगत र संरचानागत सुधारका लागि हामी प्रतिबद्ध छौं। स्रोत आएपछि कसरी उत्कष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं’ मन्त्री महतले भने।

उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था र अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐेतिहासिक ट्रा्यक नेपालसँग भएको उनको भनाइ छ। विकासको सम्भावना र आवश्यकता, युवा जनसंख्या जस्ता थप आकर्षण भएको उनको भनाइ छ। आवश्यक नीतिगत तथा संरचनागक व्यवस्था अहिलेपनि रहेको र आवश्यकता अनुसार सरकारले सुधार गर्न तयार रहेको उनको भनाइ छ।

‘लगानी ग्याप फिलका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं। त्यसका लागि नीतिगत र संरचानागत सुधारका लागि हामी प्रतिबद्ध छौं। स्रोत आएपछि कसरी उत्कष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं’ मन्त्री महतले भने।

सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने हो भने अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौं विश्वविद्यालयका रजिस्टार अर्थशास्त्री प्राडा अच्युत वाग्लेको भनाइ छ। मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि स्वदेशी स्रोत र उपकरणबाटमात्र होइन सरकारलेमात्र लगानी गरेर पनि नहुने उनको भनाइ छ।

‘अहिलेसम्म सरकारले सुत्रबद्ध विदेशी सहायता परिचालन गर्दै आएको छ। निजी क्षेत्रले विदेशी स्रोतमाथिको पहुँच न्यून छ,’ उनले भने, ‘हामी मध्यम आयको भएको मुलुकमा जाने हो भने यस्तोमा अब निजी तथा सकरारी क्षेत्रकले सयुक्त रुपमा लगानीका स्रोत तथा उपकरणको खोजी गर्नैपर्छ।’

पछिल्लो समय ब्लेन्डेड फाइनान्सको उपरकण प्रचलनमा मात्र होइन निकै सम्भावना भएको उपकरण भएको उनको भनाइ छ। कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष डस्टिडारले नेपालमा लगानीको सम्भावना र आवश्यकता पनि भएको उल्लेख गरे। नेपालमा लाभदायक क्षेत्र पनि उत्तिकै भएको र आवश्यकता पनि उत्तिकै भएको उनको भनाइ छ।

एसडीजी उद्देश्य, जलवायु परिवर्तनका मुद्दाका कारणले थप र दिगो विकासका लागि लगानी आवश्यक भएको उनको भनाइ छ। त्यस्तै लाभदायक क्षेत्रहरू पनि उत्तिकै रहेको उनको भनाइ छ। यसका लागि स्रोतको खोजीमा सिर्जनशील बन्नका लागि सम्मेलन आयोजना भएको उनको भनाइ छ।

निजी वैदेशिक लगानी तथा सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी व्यवस्थापन गर्ने महात्वकांक्षी लक्ष्यसहित अघि बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डले रणनीतिक योजना अन्तर्गत नै यो सम्मेलन आयोजना गरेको जानकारी दिए। धेरैभन्दा धेरै लाभदायक सम्भावनाको खोजीमा यो सम्मेलन केन्द्रित हुने उनको भनाइ छ।

‘बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ। अझै पनि अबको चार तीन वर्षभित्रकै अर्बौंको लगानी ल्याउने लक्ष्य लिएका छौं। त्यसका लागि पनि यो सम्मेलनमा हुने बहस उपयोगी हुनेछ,’ उनले भने।

नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगमी दिनमा सरकराले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाहरूबीचमा छलफल हुने छ। नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो।

नेपालका लागि आवश्यक विकास र त्यसका लागि आवश्यक लगानीका बारेमा छलफमात्र नभएर ठोस मार्ग पहिचानका लागि छलफल हुनेछ। लगानीका लागि नयाँ मार्गको खोजी गर्ने ठोस उद्देश्यहसति सम्मेलन सुरु भएको हो।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनामा सुरु भएको यो कन्फ्रेन्समा चारवटा विषयमा छलफल हुनेछ। पहिलो सेसनमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ। दोस्रो सत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ। नेपालमा लगानीका लागि भएका कानूनी, संस्थागत र संरचागत व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने छ।

तेस्रो सत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ। विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन र अहिलेसम्मका बिकल्प र उदयीमान अन्य उपकरणका बारेमा यो सत्रमा छलफल हुनेछ। चौथो तथा अन्तिम सत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ।

सम्मेलनमा सरकारी विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता हुनेछ।

निजी क्षेत्र, सरकार तथा दातृन निकायलाई एकै ठाउँमा ल्याएर लगानीका उपकरण तथा स्रोतका सम्भावनाका बारेमा छलफल हुने छ। नेपालमा हालसम्म लगानीका परम्परागत उपकरणमात्र सरकारले परिचालन हुँदै आएको छ। वैदेशिक ऋण तथा सहायता र निजी लगानीका रुपमा वैदेशिक स्रोतको परिचालन भइरहेको छ।

अहिलेसम्मका लगानीका स्रोत र उपकरणहरूले नेपालको विकासका लागि आवश्यक स्रोतको माग धान्न कठिन भइरहेको छ। सार्वजनिक तथा निजी क्षेत्रका लागि पुँजी परिचालनको माग बढ्दै गएको तर अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएका लगानीका स्रोत तथा उपकरणमाथि पहुँच पुग्न सकेको छैन।

सम्मेलनमा विश्वमा उदय भएका र सफल अभ्यास भइरहेका त्यस्ता लगानीका सम्भानाको खोजी, दिर्घकालीन परियोजनामा लगानीका बारेमा छलफल हुनेछ।

लगानी बोर्डको कार्यालयका सहसचिव अमृत लम्सालले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा थुप्रै चुनौति देखिएको र यस्तोमा लगानीको आवश्यकता अझ बढेपनि स्रोतको संकुचन कायमै रहेको बताए। यस्तोमा लगानीका नयाँ उपकरणमा ब्लेन्डेन्ड फाइनान्स तथा लगानीका नयाँ समाधानमुखी उपकरण आवश्यक रहेको उनको भनाइ छ। यो सम्मेलन त्यस्ता सम्भावनाको खोजीमा केन्द्रित हुने उनले बताए।

प्रकाशित: २०८० बैशाख २९ गते शुक्रबार ११:५५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना