२०८३ कार्तिक २० गते बिहिबार

सय दिनमा के गरे पर्यटनमन्त्री पाण्डेले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
Badri Pandey

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेको एक सय दिनका उपलब्धि एव भएगरेका कामको विवरण सार्वजनिक गरेका छन्।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए।

त्यस्तै नेपालको नागरिक उड्डयन प्रणालीलाई सुरक्षित एवं विश्वसनीय बनाउन यसअघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिससमेत अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई काम सुरु भएको उनले बताए।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको जानकारी पनि गराए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्नेगरी कार्यतालिका स्वीकृत गरिएको साथै आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा वीमालाई समयानुकुल बृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएकोपनि पत्रकार सम्मेलनमा जानकारी गराइयो।

विपद्को अवस्थामा यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्नेगरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको, अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको। विमानस्थलहरूलाई विहान ४ः३० बजेदेखि रातिको एक बजेसम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी गराइयो।

त्यस्तै नेपाल र फ्रान्स बीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडी बढाइएको साथै नेपाल र इन्डोनेशिया बीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी गराइएको थियो।

पर्यटन विधेयक २०८१ संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको, क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको, पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको, नेपालका ५८०० देखि ६५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो।

पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन)लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको, ग्रेट हिमालयन ट्रेलको थप ५ किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब दुईसय जना पर्यटकहरूलाई उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

राष्ट्रिय संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको, प्रतिलिपि अधिकार विधेयक,२०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको पनि सम्मेलनमार्फत जानकारी दिइयो।

एकसय दिनका उपलब्धिहरुकै रुपमा संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको।, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण तथा व्यवस्थापन) विधेयकको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रिया अगाडि बढेको, अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन)कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिइयो।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये थप पाँच सम्पदाको पुनर्निर्माण सकिएको, युनेस्कोका सुझावहरू कार्यान्वयन गर्न लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सन् २०२५ भित्र तिलौराकोट, कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी स्वरूपको मिसनद्वारा अवलोकन तथा अध्ययन कार्य सम्पन्न भएको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै पशुपति क्षेत्रमा अवस्थित विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माण साथै ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिका पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको साथै शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ती सोही स्थानमा पुनर्स्थापना गरिएको जानकारी दिइयो।

मन्त्री पाण्डेले एकसय दिनमा विशेषगरी ऐन, कानुन निर्माण, नीतिगत सुधारका क्षेत्रमा बढी केन्द्रीत भएर काम गरेको जानकारी दिए।

प्रकाशित: २०८१ कार्तिक ८ गते बिहिबार ०३:१०
प्रतिक्रिया

थप समाचार

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना