काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदारी दलका प्रतिनिधिहरूसँग बैठक डाकेका छन्।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र अन्य समसामयिक विषयमा छलफल गरिने बताइएको छ।
बुधबार मात्रै सत्तारुढ दलको बैठक बसेको थियो।
बैठक वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नयाँ रणनीति तय गर्न बस्ने बताइएको छ।


