काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले सरकारसँग वार्ता गर्न पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा वार्ता समिति निर्माण गरेको छ । यस्तै उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ।



