काठमाडौं– उपत्यकामा मेलम्ची खानेपानी वितरण ५ जेठदेखि मात्र बन्द हुने भएको छ।
मर्मतका लागि आजदेखि दुई साता बन्द गर्ने भनिएकामा सरोकारवालाको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। उनका अनुसार दुई साता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइनेछ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए।


