२०८३ कार्तिक २४ गते सोमबार

गान्धी हत्याको दुखद् घटना र बीपीको मनोदशा

 |  सञ्जय पन्थी
Sanket

सञ्जय पन्थी

काठमाडौँ, माघ १७
mahatma-gandhi

महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए। दैनिक बिहान र साँझ प्रार्थना गर्थे। प्रार्थनापछिको व्याख्यानमा आफ्नो मृत्युको पुकारा गरिरहन्थे। कारण, देशमा स्वतन्त्रतापछिको बर्बरताको साक्षी बन्नुपर्दा उनी दुःखी थिए।

हिन्दु र मुस्लिम समुदायबीच कत्लेआम चलिरहेको थियो। भारत अशान्त थियो। राजनीतिमा आफैंले विश्वास गरेका व्यक्ति शासक थिए, तर उनको विचारको सुनुवाइ भइरहेको थिएन।

गान्धीको जीवनमा २४ वर्ष सँगै व्यतीत गरेका स्व. नारायणभाइ देसाईका अनुसार गान्धीजीको जीवनको अन्तिम आमरण अनशन १३ जनवरी १९४८ मा बिहान ११:५५ बजे बिडला हाउस दिल्लीमा भएको थियो। त्यसो त जातीय दंगा र विभाजनले आक्रान्त तत्कालीन भारतमा समाधानका अथक् सूत्र उनी सावित थिए। त्यसैले उनले जनवरी १२ मा नै आफ्नो अनशन घोषणा गरे, दिल्लीमा हिंसा नरोकिएका भन्दै शान्तिका लागि उनी अनशन बसेका थिए।

उनले भनेका थिए – मेरा सबै अपीलहरू व्यर्थ सावित भएका छन्। मलाई डर छ कतै यो हिंसा विस्फोट हुने त हैन। त्यसैले भोलि बिहानदेखि मेरो अनिश्चितकालीन अनशन सुरु हुनेछ। म अहिंसक व्यक्ति हुँ र अहिंसक व्यक्ति असहाय हुन सक्दैन, उसले हार स्वीकार गर्न सक्दैन र त्यसैले म आफूलाई क्रुसमा अर्पण गर्दैछु। म अहिंसाको साधक भएकोले, म मा कुनै कमी छ कि भनेर परीक्षण गर्न पनि मैले यो साधना गर्नुपर्छ।

गान्धीजीको अनशनको दिन, बिडला हाउसमा भारतीय र विदेशी पत्रकारहरूको यति ठूलो भीड थियो कि त्यस अनशनले एउटा नयाँ आयाम थियो, जुन उनको कलकत्ता अनशनमा त्यति व्यापक थिएन। पत्रकारहरू छक्क परे, किन गान्धीजीले अचानक एक दिन अगाडि नै यो उपवास घोषणा गरे ? केही मानिसहरू भन्दै थिए कि, गान्धीजीले मुस्लिमहरूका लागि यो अनशन गरे, केही मानिसहरू भन्दै थिए, गान्धीजीले पाकिस्तानलाई आफ्नो ५५ करोड रुपैयाँ दिलाऊन्।

तर बिडला भवनको आँगनमा घाम तापेर सुतिरहेका ७८ वर्षीय गान्धीका लागि यी कुराहरू सामान्य थिए। गान्धीजीलाई देशवासीको पीडा राम्ररी जानकारी थियो र सायद त्यसैले उनले हिंसा विस्फोटको खतरा महसुस गरेका थिए। हिंसालाई नजिकबाट उनले नियालिरहेका थिए। उनले आफ्नो ज्यान बलिदान दिएर भए पनि यो देश र दिल्ली बचाउनुपर्छ भन्ने महशुस गरे।

गान्धीको अनशन उनको अन्तस्करणको आवाज थियो, केवल उनले मात्र महशुस गरे। हिंसाको ज्वालामा उनले घोर अन्धकार महसुश गर्दैं उनले त्यस्तो निर्णय गर्नु परेको थियो। त्यसो त उनले सधैँ आफ्नो उपवासको कारण सार्वजनिक गर्थे। उनले आफैंले त्यो व्रतका सर्तहरू तय गरे र जनतासामु राखे। उनले यसलाई आत्मनिरीक्षण वा आत्मशुद्धिको सबैभन्दा ठूलो माध्यम बनाए।

७८ वर्षीय बृद्ध गान्धी १३ जनवरी १९४८ देखि १८ जनवरी १९४८ सम्म दिल्लीमा आमरण अनशन बसे त्यसले हंगामा नै मच्चियो। सन् १९४८ मा आफ्नो अन्तिम आमरण अनशनमा गान्धीले सम्पूर्ण विश्वलाई दिएको स्पष्ट सन्देश यो थियो- आत्मविश्वासले भरिएको व्यक्ति कहिल्यै डराउँदैन।

आत्मविश्वासले भरिएको देश पनि डराउँदैन। गान्धीका उपवासबारे विश्वभर व्यापक अनुसन्धान भएको छ र भइरहेको छ। अनि जो डराउँदैन, उसको मनमा कसैप्रति घृणा हुँदैन। डर कमजोरीको संकेत हो। नैतिक आत्म-विश्वासको कमीबाट डर उत्पन्न हुन्छ। स्व. नारायणभाइ देसाइका अनुसार गान्धीको अन्तिम उपवासलाई केही मानिसहरूले जेसुकै भनून्, तर सारा संसारले यो विश्वास गर्छ कि गान्धीको अन्तिम उपवासले देशलाई अराजकताको आगोबाट बचाएको थियो।

गान्धीले जस्तै उपवास बस्नु सबैको वशको विषय र शक्ति हुँदैन। उपवास बस्नका लागि, व्यक्तिले आफ्ना विश्वासजनबाट अधिकार प्राप्त गर्नुपर्छ; त्यसको लागि, व्यक्तिले आफ्नो सम्पूर्ण जीवन मानिसहरूको सुख-दुःखमा समर्पित गर्नुपर्छ। स्वतन्त्रता पछि कुनै पनि नेताले त्यसो गर्न सक्दैनथ्यो र गरेनन् पनि।

गान्धी शान्ति प्रतिष्ठान दिल्लीका अध्यक्ष कुमार प्रशान्तले, गान्धी आफ्नो हत्या हुनुभन्दा एक वा दुई दिन अघि उनले अर्को कठिन काम गर्ने सोचिरहेको घटना सुनाउँछन्। उनी चाहँदैनथे कि भारतको छिमेकमा सधैंको लागि स्थायी शत्रु रहोस्। त्यसकारण, तिनीहरूले मारिएका र पाकिस्तानबाट धपाइएका हिन्दू र सिखहरूलाई फिर्ता लिनेछन्, र मारिएका र यहाँबाट धपाइएका मुस्लिमहरूलाई पाकिस्तानबाट फिर्ता ल्याउनेछन्।

त्यसैले उनले शुशीला नायरलाई जिन्नाहकहाँ पठाएका थिए। सर्त थियो, कि उनी हिन्दू र सिखहरूसँग पासपोर्ट र भिसाबिना पाकिस्तान आउन चाहन्छन्। यदि जिन्नालाई यो गलत र गैरकानूनी लाग्यो भने उनले उनलाई पक्राउ गरेर जेल हाल्न सक्थे। जब शुशीला नायर जिन्नाहकहाँ पुगिन्, जिन्नाहले त्यस बखत भनेका थिए- तिमी गिरफ्तारीको कुरा गर्छौ, गान्धी पाकिस्तानमा जतिबेला पनि जहाँ चाहन्छन् त्यहाँ आउन वा जान सक्नेछन। तर म अनुरोध गर्दछु कि यहाँ गान्धीजीको सुरक्षाको जिम्मेवारी पाकिस्तान प्रहरीले लिनुपर्छ किनभने यदि पाकिस्तानमा गान्धीजीलाई केही भयो भने पाकिस्तानको नाम नक्साबाट मेटिनेछ। दुर्भाग्यवशः गान्धीले यो गर्नु परेन। तर पाकिस्तान भारतका लागि सधैं समस्या बन्यो।

आज पनि भारतमा गान्धीजस्तै बन्ने चाहना र आकांक्षा राख्ने धेरै छन्। तर कोही उपवास बस्यो भने पनि केही हुँदैन; त्यो अवस्था पनि छैन।
गान्धीको जतिसुकै विरोध गरे पनि, आज पनि गान्धी बन्ने चाहना राख्नेहरू छन र त्यस्तो चाहना राख्नेहरू सधैं रहनेछन्। उनी हाम्रो सबैभन्दा ठूलो आदर्श हुन्। सम्पूर्ण संसारको लागि एक आर्दश सावित छन्। जसमा विश्वका लागि हरेक नेताले आफूलाई उनीसँग तुलना गर्छन्। गान्धी वर्तमान भारतसँग जोडिएका र कहिल्यै विस्मृत नहुने पात्र हुन्। हामी विश्वास गर्न सक्दैनौं कि मोहनदास गान्धी सन् १९४७ भन्दा पहिले अस्तित्वमा थिए वा आज।

त्यसदिन पनि गान्धीको नित्य प्रार्थनाको समय साँझ ५ बजे थियो। तर त्यस दिन गृहमन्त्री बल्लभभाई पटेल भेट्न आएकाले १५ मिनेट ढिलाइ भएको थियो। कुराकानीको विषय गम्भीर भएकाले पनि उनले भेटघाटलाई अतिरिक्त समय दिए। प्रार्थनाका लागि जुटेका करिब २ सय ५० जना धैर्य धारण गरिरहेका थिए।

भेटघाटपछि उनका नातिनीहरू आभा र मनुको काँधमा हात राखेर प्रार्थनासभातर्फ लम्किरहेका थिए। सँगसँगै ढिलाइ भएकोमा आफ्ना सेविका एवं नातिनीलाई झपार्दै थिए। नातिनीले भनिन्, ‘त्यति महत्त्वपूर्ण व्यक्तिसँग गम्भीर विषयमा छलफल चलेको थियो, कसरी तपाईंलाई प्रार्थनाको समय भयो भनेर अत्याउन सक्थ्यौं र ?’ गान्धीले जवाफ फर्काए, ‘नर्सको कर्तव्य बिरामीलाई समयमै औषधि सेवन गराउनु हो, ढिलाइ भयो भने बिरामी मर्न पनि सक्छ।’

त्यही नै उनको जीवनको अन्तिम संवाद हुन पुग्यो। उनी मञ्चतर्फ उक्लँदै उपस्थित जनको नमस्ते फर्काउँदै थिए। गान्धी तीन–चार सिँढी मात्र के चढेका थिए, नाथुराम गोड्से भीडमा हत्याको तयारीसाथ प्रतीक्षारत रहेछ। उसले केही झुकेजस्तो गरी गोजीबाट बन्दुक निकालेर गान्धीको छातीमा गोली बर्सायो। गान्धीले अन्तिम समयमा ‘हे राम, हे राम’ मात्र भनिरहे। उनको तत्काल निधन भइहाल्यो। देसाइका अनुसार छैटौं पटकको प्रयासमा उनको हत्या भएको हो।

आज त्यही दिन हो, ३० जनवरी। आजकाे दिन विश्वकै इतिहासमा क्रूर अनि बीभत्स दिनका रूपमा दर्ज छ। सन् १९४८ जनवरी ३० को साँझ ५ः१७ (भारतीय समय) मा गान्धीको अकल्पनीय हत्या भयो। गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो। उनको हत्यासँग जोडिएका सवालमा भारतमा अहिलेसम्म राजनीति हुँदै अएको छ।

उनको हत्याको पहिलो प्रयास सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा गरिएको थियो। तर गान्धी बच्न सफल रहे। दोस्रोपटक सन् १९४४ जुलाई २२ तारिखका दिन गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेको थियो। तेस्रो प्रयास सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो। दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकर त्यसरी नै छुरा प्रहार गर्दा समातिएको थियो। चौथो प्रयास सन् १९४६ जुन ३० मा फेरि त्यही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन।

पाँचौं प्रयास सन् १९४८ जनवरी २० तारिख थियो। दिल्लीस्थित विडला भवनको गान्धीको प्रार्थनासभामा सुतली बम प्रहार गरिएको थियो। उक्त घटनामा मदनलाल पहवा नामक युवकलाई पक्राउ गरिएको थियो। पहवाको साबिती बयानले गान्धीको हत्यामा उसलाई परिचालन गर्ने व्यक्ति सावरकर नै रहेको पुष्टि हुन्छ।

३० जनवरी १९४८ मा भारतको स्वतन्त्रता आन्दोलनका नेता एमके गान्धी (महात्मा गान्धी) को नयाँ दिल्लीको बिडला हाउस (अहिले गान्धी स्मृति) को परिसरमा हत्या भएको थियो। त्यसबेलादेखि, जनवरी ३० लाई भारतमा शहीद दिवसको रूपमा मनाइन्छ। गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ। त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन्। भारतमा जब–जब निर्वाचन हुन्छ, गान्धीबारे बहस हुन्छ।

बीपी २८ जनवरी सन् १९४८ गान्धीलाई दिल्लीमा भेट्न पुगेका थिए। भेट्न पुगेको दुई दिनपछि गान्धीको हत्या हुन्छ। बीपी दिल्लीबाट कलकत्ता नपुग्दै बीपीले उनको हत्याको खबर सुने। त्यसले आफू मर्माहत भएको बीपीले आत्मकथामा उल्लेख गरेका छन्। बीपीले गान्धीको मृत्युको खबर सुनेको क्षणलाई आत्मकथामा संवेदनात्मक एवंम मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्।

‘त्यस बखत पान सुपारीको दुकानमा रेडियोले प्रसारण गरेको सुनें-गान्धीको मृत्यु भयो, म ह्याण्ड ग्रिनेड लिएर बसिरहेको छु, एउटाले दिएर गइसक्यो अर्कोले लिन लागिरहेको थियो। मलाई कत्रो ठूलो अँध्यारो महसूस भइरहेको थियो, गान्धीसित मलाई यत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यसबखत गरें। मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो’, बीपीको आत्मकथा पढ्नेहरूलाई उक्त प्रसंगबारे अद्योपान्त जानकारी हुन्छ। गान्धीप्रति बीपीको लगाव कति थियो भन्ने कुरा जानकारी हुन्छ।

प्रकाशित: २०८१ माघ १७ गते बिहिबार १०:४९
Sanket

सञ्जय पन्थी

पन्थी पत्रकार तथा अध्येता हुन्।
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना