२०८३ कार्तिक २४ गते सोमबार

युवालाई स्वदेशमै राख्न रोजगारी सुनिश्चित गर्नुपर्छ

 |  मङ्गलप्रसाद गुप्ता
Sanket

मङ्गलप्रसाद गुप्ता

काठमाडौँ, माघ २१
mangal gupta

मुलुकको राजनीतिक अभ्यास प्रजातान्त्रिक तरिकाले अघि बढ्नु संसदीय व्यवस्थाको राम्रो पक्ष हो। तर सत्ताका लागि मात्रै समय खेर फाल्ने अनि रचनात्मक काम हुन नदिने अभ्यास गरेको देखिन्छ, त्यो राम्रो होइन। त्यो कुरा जनताले पनि महसुस गरिरहेका छन्। विकासका मुद्दा अगाडि नराखी सत्तामा जाने उद्देश्यले विभिन्न विचार आइरहेका छन्। यसलाई रचनात्मक भन्न र मान्न सकिन्न।

संसद्को मुख्य काम कानुन बनाउने हो। संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि संविधानले परिलक्षित गरेका केही अति आवश्यक कानुन बन्न सकेका छैनन्। यो अवधिमा सबै पार्टी सत्तामा पुगिसकेका छन्।

संविधान अनुकूल कानुन बनाउने सबै पार्टीको नैतिक दायित्व र जिम्मेवारी हो। संसद्को पनि मुख्य काम यही हो । छिटो–छरितो गर्नका लागि अध्यादेश पनि आएको छ। सरकारले अध्यादेश ल्याउने कुरा नयाँ होइन। अध्यादेशका विषयमा थप छलफल गरेर जान सकिन्छ।

संविधान जारी भएका बखत यसको धेरै प्रशंसा भयो। विगतको तुलनामा संविधान उत्कृष्ट पनि बनेको छ। संविधानमा १० वर्षमा पुनरावलोकन गर्न सकिने भन्ने व्यवस्था पनि राखिएको छ। संशोधन गरिँदा आमजनताको भावनालाई बढीभन्दा बढी समेट्न जरूरी हुन्छ। संविधान संशोधन गर्दा कसरी स्थिर सरकार कायम गर्न सकिन्छ भन्नेतर्फ विचार गर्न जरूरी छ। संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ।

संविधान संशोधन गरिँदा निर्वाचन प्रणालीलगायतका प्रावधानमा सुधार गरी स्थिर सरकार कायम गराउनेमा मुख्य ध्यान दिन जरूरी छ। जनताको इच्छा, देशको समृद्धिका लागि काम गर्नुपर्ने हुन्छ। सत्ताको लडाइँका लागि मात्र सरकार बन्ने र दलहरू त्यसका लागि मात्र मिल्ने गर्नुहँदैन। तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर मुलुकमा स्थिरता, विकास र समृद्धि कायम गर्ने मार्गमा काम गर्नुपर्छ।

देशका सबै भागमा समस्या उस्तै–उस्तै छन् जस्तो लाग्छ। कृषि विकास मुलुकको मुख्य आवश्यकता हो। कपिलवस्तु जिल्लालाई हेर्न हो भने सिँचाइको अभाव छ। राप्ती सिँचाइ आयोजना आयो भने धेरै लाभ हुन्छ।

हामीले सदुपयोग गर्न नसक्दा नेपालको पानी त्यतिकै बगेर गइरहेको छ। त्यो पानीबाट अरूले नै ठूलो लाभ लिइरहेका छन्। तर हामीले अलिकति पनि सदुपयोग गर्न सकेको अवस्था छैन। त्यसकारण पनि हामीले राप्ती सिँचाइ आयोजना जसरी पनि कपिलवस्तुमा ल्याउनुपर्ने जरूरी छ।

भ्रष्टाचार हुनु चिन्ताको विषय हो। भ्रष्टाचार नियन्त्रणका लागि भइरहेका प्रयास विगतका तुलनामा सुधारतर्फ अगाडि बढेको महसुस भएको छ। जुन सरकार आए पनि सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्छ। कानुन मात्र बनाएर भ्रष्टाचार नियन्त्रणका कार्यमा सुधार हुँदैन।

संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि संविधानले परिलक्षित गरेका केही अति आवश्यक कानुन बन्न सकेका छैनन्। यो अवधिमा सबै पार्टी सत्तामा पुगिसकेका छन्।

नेता कार्यकर्ताको चरित्र, विचार र सोचमा परिवर्तन ल्याउनुपर्छ। भ्रष्टाचार बढ्दै गएमा सुशासन कमजोर हुँदै जान्छ। त्यसैले भ्रष्टाचार न्यूनीकरण गर्न जरूरी छ। मानिसलाई गाँसबासका लागि सदा प्रयास गर्नुपर्ने हुन्छ। देशमा अवसरको कमी हुँदा युवापुस्ता विदेश पलायन भइरहेका छन्। दक्षिण एसिया, युरोपकै देशहरूबाट पनि युवा पलायन भएर अन्य देशमा गएर काम गरिरहेको अवस्था छ।

अहिले विश्व परिस्थितिले गर्दा विदेश जान रोक्न सक्ने अवस्था छैन। अवसर, उद्योगधन्दा, रोजगारीको सुविधा दिन सक्ने हो भने मात्र युवालाई स्वदेशमा राख्न सकिन्छ।

उत्पादन, उद्योगधन्दाको कुरा गरिरहँदा त्यसका लागि चाहिने युवा विदेश गइरहेको अवस्था छ। हाम्रा उत्पादन पनि गुणस्तरयुक्त हुनुपर्छ। उद्योगधन्दा पनि अहिले जसरी सञ्चालन भइरहेको छ, त्यसमा सुधार गरिनुपर्छ। नेपालमा उपलब्ध भएका स्रोत र साधनका आधारमा उद्योगधन्दा खोल्नुपर्छ। युवालाई स्वदेशमै राख्न रोजगारीको ग्यारेन्टी गर्नुपर्छ।

देशको विकास गर्नका लागि सामाजिक रूपान्तरण, राजनीतिमा इमानदारिता हुनुपर्छ। भ्रष्टाचार न्यूनीकरण गर्दै मुलुकको विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने हुन्छ।

(कपिलवस्तु-३ बाट प्रत्यक्ष निर्वाचित सांसद गुप्ता २३ वर्ष कांग्रेसमा सक्रिय बनेपछि जनता समाजवादी पार्टी (जसपा)पछि २०७८ पुसमा नेकपा (एमाले)मा प्रवेश गरेका हुन्। सांसद गुप्तासँग राससका समाचारदाता कालिका खड्काले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित: २०८१ माघ २१ गते सोमबार १२:३७
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना