२०८३ कार्तिक २४ गते सोमबार

निराशाविरुद्ध तेस्रो जनआन्दोलन जरुरी

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, चैत २१
krishna_rimal

म एउटा मध्यम वर्गीय आम नागरिक। मध्यम वर्गको खास विशेषता भनेको उच्च वर्गको जीवनशैलीलाई आत्मसात गर्ने अभिलाषा मनमा पालेर आफूले जिएको जीवनशैलीप्रति रुष्ट रहँदै मर्नु हो। लामो दूरीका पैदल यात्रा र लेखनको रहर मनमा पालेर हाल म जलविद्युत क्षेत्रमा कार्यरत छु। यो आलेखका आधार मेरा यात्रा संस्मरण, कार्यालयीय काम, कर्तव्य तथा सामाजिक जीवनका भोगाइ हुन्। मभित्र पनि देश प्रेम छ, तर हाल चर्चामा रहेको जस्तो देशभक्त चाहिँ म होइन।

मलाई देश भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा आफ्ना पुर्खाहरूको बलबुता स्वआर्जित जमिन मात्रै हो जस्तो लाग्दैन। प्रकृतिप्रदत्त भूगोलमा मानवद्वारा खिचिएका राजनीतिक विभाजनका रेखाहरूले देशको परिकल्पना गरे तापनि हामी प्राकृतिक जीव हौँ, प्राकृतिक व्यक्ति हौँ। तथापि भूगोलभित्रको प्रारब्ध र परिपाटी स्वीकार्नु भूगोलवासीको अनिवार्यता हो।

अहिले यो लेख जजसले पढ्दै हुनुहुन्छ, हामीलाई हाम्रा पुर्खाहरूले छोडेर गएको नेपाल र नेपालीभाषी भएर पढ्दै हुनुहुन्छ। म नेपाल वा हाम्रो थातथलोको गौरवमय इतिहासप्रति तपाईँले जस्तै गर्वबोध गर्छु र सचेत पनि छु। त्यसैले त्यतातर्फ अहिले चर्चा गर्दिनँ। म अहिले देशभित्र वा तपाईँ-मभित्र गहिरो गरी गडेको निराशाको चर्चा गर्ने प्रयत्नमा छु। निराशा आशाविहीनताको एक्लो अवस्था मात्रै हैन, बरु आशातीत कामको लागि आवश्यक पौरखले सापेक्षता उपलब्धि दिन नसक्नुको कारणले उत्पन्न आवेग कुण्ठा र आत्मग्लानि हो। यसो हुनुका कारणलाई मेरो ब्रह्मले यसरी सकारेको छ।

राजनीतिकर्मी – खासमा हामी सबै क्षेत्रको असफलता राजनीतिमा खोज्छौँ। तर म राजनीतिभन्दा पनि यसको कारण राजनीतिकर्मीमा निहित छ भन्ठान्छु। यति सानो देशमा पनि राजनीतिक नेतृत्वको एउटा तह पार गरेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले बडो दुःख र मुस्किलले जोहो गरेका सवारी साधन अघिपछि लाएर अनावश्यक साइरनसहितको लावालस्करपूर्ण स्कटिङ गर्दै जुन राजनीतिकर्मी आफ्नो राजनीतिक थलोमा पुग्छ त्यसले अन्यमा फरक भान पार्छ। मैलो आचरण र अपरिपक्व राजनीतिकर्मीको सामीप्यबाट अनुचित लाभ उपभोग गर्ने मनसायले एउटा हुल अगाडि-पछाडि दौडिन्छ।

देशभित्रका करिब २–३ प्रतिशतबाहेक अरू सबै राजनीतिकर्मी औसत पृष्ठभूमिबाट आएका छन्। तर गजब्बको कुरा के छ भने गरिबको नाममा राजनीति गर्न आएका उनीहरू अरु कुनै काम नगरी कसरी कसरी फ्याटै धनी हुन्छन्? यिनीहरूलाई धनी हुनु मात्र छ। तर त्यसको लागि राज्यको ढुकुटीबाहेकको अर्को सजिलो विकल्प छैन। सँग-सँगैका साथीमध्ये जब राजनीतिकर्मीको जीवनशैलीमा व्यापक परिवर्तन आउँछ तर ऊभन्दा बढी मेहनत गर्नेको जीवनशैलीमा खासै सुधार आउँदैन। त्यसैले निराशा जन्माउँछ। राज्य र राजस्व लुट्ने अनुमतिपत्र जस्ता राजनीतिक पदले देशभित्र उग्र निराशा जन्माए।

हरेक विकाससम्बन्धी आयोजनामा गएर बुझ्रनुस्, त्यहाँ स्थानीयदेखि राष्ट्रिय तहसम्मको नेतृत्व कार्यकर्ता नियुक्ति र अन्य अनुचित लाभको लागी चर्को दबाब दिइरहेका हुन्छन्। यसको तितो यथार्थलाई मैले नजिकबाट भोगेको छु। कतिपय नेतागण आयोजनाका कृत्रिम कर्मचारी हुन्छन्। व्यवस्थापन तहले उनीहरूले सृजना गर्ने अवरोधको सामनाको लागि प्रत्येक महिनाको अन्त्यमा उनीहरूको बैङ्क खातामा राम्रै रकम जम्मा गर्छन्। र लेखा प्रणालीमा तलब शीर्षकमा प्रविष्ट गर्छन्। यस्तो परिपाटी तत्काल केही व्यक्तिको पक्षमा भए पनि यो समग्र राज्य विकासको अभियानमा डरलाग्दो अवरोध हो, रोग हो। कृपया सुध्रिनुहोला, हामीलाई सबै थाहा छ, भोलि निराशाविरुद्ध विद्रोहमा उत्रिने दिन आयो भने पहिले खोतल्ने तपाईँकै आम्दानीको स्रोत हो, अवैध रूपमा आर्जन गरी लबालब भरेर राखेको तपाईँकै सिरानीमुनि सजिएर रहेको सन्दुकको चाबी हो। अनुचित लाभका यस्ता छिद्रहरूबाट आर्जित लाभको उत्सव समाजमा प्रदर्शित नगर्नुस्। यसो नगरिदिएमा जजसले तपाईँलाई नेता मान्छन्, उनीहरूले नै तपाईँलाई आदर्श व्यक्ति मान्छन्। त्यसैले तपाईँ, म र सबै नागरिक यतिमै भएपनि अलिकति खुसी हुनेछन्।

सरकारी कार्यप्रणाली र कर्मचारीमा व्याप्त निराशाको अर्को कारण सरकारले आफ्नो सेवा प्रणाली चुस्त राख्न सकेको छैन। कर्मचारीहरू पनि कामदारहरू हुन्। कोही कर्मचारीले यो आलेख पढेर मलाइ गाली नगर्नुहोला। कार्यालयको कामको सिलसिलामा मैले फरक र नमिठो अनुभूति गरेको छु। आयोजनाहरूद्वारा आयोजित रात्रिकालीन कार्यक्रमहरूमा बजार र व्यक्तिको पातलो उपस्थिति हुने स्थान रोज्दा पनि कोठाका सबै झ्याल ढोकाका पर्दा लगाएर कानुनका छिद्र खोज्ने कर्मचारीहरू लुकिलुकी फिरिको रक्सी पिउँथे। दिउँसो देखाएका कानुनी बाधा अवरोधको आफ्नै मुखले समाधानका छिद्रहरू बताउँथे। आमाबुबाको मृत्यु शोकमा बरखी बारेकाहरू समेत आयोजनाले उपहार स्वरूप वितरण गरेका मदिराजन्य उपहारहरू अरूको सामुन्ने बहिष्कार गर्थे। तर राती फोन गरेर साथीहरूलाई दिउँला पठाइदिनु भन्थे। कतिपयले मसँग मुखै फोरेर भन्थे- यो त झोल मात्रै भयो भाइ! यसो झाम्टाको व्यवस्था छैन।

निराशाविरुद्ध विद्रोहमा उत्रिने दिन आयो भने पहिले खोतल्ने तपाईँकै आम्दानीको स्रोत हो, अवैध रूपमा आर्जन गरी लबालब भरेर राखेको तपाईँकै सिरानीमुनि सजिएर रहेको सन्दुकको चाबी हो।

अनिवार्य गर्नुपर्ने काममा पनि झोलझाम्टा र अनुचित लाभप्रतिको आशक्तिले सबै पक्षलाई निराश पारेको छ। अभिषेक बच्चन अभिनित हिन्दी फिल्म ‘दशवी’मा आक्रामक हुँदै उनले बोलेको एउटा संवाद छ- सरकारी लोग काम नकरनेको तनखा और काम करनेका रिस्बत लेता है। कर्मचारी वर्गले यो कहावत झुटो साबित गरिदिनुहोला। आज गर्न नमिल्ने भनिएको काम भोलि फेरि गर्न मिलिहाल्ने यो देशमा सायद त्यस्तो कानुन पक्कै छैन होला। तर पनि यस्तो किन हुन्छ। सानो वैध कमाइबाट तपाईँहरूले अङ्गीकार गरेको अमिल्दो जीवनशैलीले तपाईँलाई नजिकबाट चिन्नेहरूको मनमा सम्मान रहँदैन। यसको देखासिकीले कानुननिष्ठ प्रणाली ध्वस्त पार्छ। यदि भोलि तपाँइहरूकै सन्तति तपाईँले अपनाएको बाहेक क्षेत्रमा गए भने यिनै काम गर्न तपाईँका सन्ततिले पनि यस्तै गलत बाटो अपनाउनुपर्नेछ। त्यसैले प्लिज आफूलाई सुधार्नुस्। सेवाप्रवाहलाई चुस्त, दुरुस्त राख्नुस्, कर, महसुल तथा शुल्क तिर्न जाँदा हँसिलो बनेर सेवा दिनुस्। तपाईँको पारिश्रमिक त्यहीँबाट आउने हो भनेर बुझ्नुस्। नहुने कामलाई सिधै इन्कार गरिदिनुस्। कुनै पनि तवरले गर्दै नगर्नुस्। कार्यालय बाहेकको समय तपाईँहामी बाँच्ने समय एउटै हो। खाने रमाइलो गर्ने ठाउँ एउटै हो।

वस्तु तथा सेवामा निहित उपयोगिताको उपभोगको लागि गरिने सबै मौद्रिक तथा गैरमौद्रिक कार्यहरू व्यवसाय हुन्। व्यवसाय गर्नेहरू व्यवसायी हुन्। व्यवसायको अन्तिम उद्देश्य नाफा आर्जन गर्नु भए तापनि व्यवसायी पनि प्राकृतिक जीव नै भएकोले उसको पनि सामाजिक तथा आर्थिक दायित्व हुन्छ नै। यो सबैले बुझ्न जरुरी छ। हामीकहाँ पछिल्ला तीन दशकदेखि व्यवसायको शैली बदलिएको छ। विश्व व्यापार सङ्गठनको सदस्यताले दिएका सुविधाहरूले हामीलाई पूर्ण रूपमा परनिर्भर बनाएको छ। उत्पादनमुखी व्यवसाय लगभग शून्य छन्।

शास्त्रीय अर्थशास्त्री कौटिल्यले- पाचन हुन नसक्ने आहार, आम्दानी विनाको खर्च र उत्पादन विनाको वितरणले व्यक्ति र राज्य टाट पल्टिन्छ भनेका छन्। हामी तीन वटै अवस्थामा अगाडि छौँ। त्यसैले हामी टाटा पल्टिने सँघारमा छौँ। विना उत्पादनको हाम्रो व्यापार चक्रले हाम्रो उन्नति कहिल्यै हुन दिने छैन। राज्यले उपयुक्त वातावरण तयार नगरिदिँदा व्यवसायी उत्पादनतर्फ भन्दा सामान किनेर ल्याउने र मनलाग्दो नाफा राखेर सामान बेचिरहेका छन्। यो विना उत्पादनको वितरणमुखी व्यवसाय मन्दिरमा प्रसाद बाँडेर भेटी उठाए जस्तै हो। यसले खुसी हुने प्रभुहरू देशभित्रै छैनन्। देवता (अवसर)लाई मन्दिर (व्यापार प्रणाली) भित्र थुनेर टीकोटालो र दानदक्षिणामै मात्र रमाइरह्यौँ भने भोलि न देवता रहने छन्, न मन्दिर नै।

सबैले आआफ्नो ठाउँबाट इमानदार प्रयास र योगदान गरौँ। आवाज उठाऔँ। घचघच्याएर मात्र पुगेन भने तेस्रो जनआन्दोलनको आधार यिनै हुनेछन्। अब अति भैसकेको छ।

व्यवसायको मेरुदण्ड पुँजी हो र पुँजीका स्रोत तथा निर्माता बैङ्कहरू हुन्। ९८ प्रतिशत जनताबाट सङ्कलित निक्षेप २ प्रतिशत जनताले प्रयोग गरिरहेका छन्। हामीलाई सानो आर्थिक प्रलोभन (ब्याज)मा पारेर हाम्रो मेहनतद्वारा सृजित पुँजीमा व्यापारिक घरानाका केही व्यक्तिहरूको लुट छ। हामीले जम्मा गरेको निक्षेपमा आवश्यक पर्दा हामी जस्तै अरू नागरिकलाई निश्चित बिन्दु थप गरेर त्यही पैसा ब्याजमा लगानी गरेर प्रशस्त नाफा आर्जन गर्नेहरूको संरक्षणमा भित्तामा सेतो रङ्ग दलेर कालो काम गर्न दिने राष्ट्र बैङ्क आफै संरक्षक भएर उभिएको छ। तपाईँले आफैँ आँकडा हेर्नुस्, बैकिंङ प्रणालीमा सङ्कलित निक्षेप देशका गण्यमान्य भनिने करिब ४०–५० जनाले कुल निक्षेपको करिब ६० प्रतिशत पुँजी कर्जाको रूपमा सस्तो ब्याजमा प्रयोग गरेका छन्।

राज्यले प्रदान गर्ने आर्थिक सहुलियत र छुटहरूको भरपुर प्रयोग यिनीहरू नै गर्छन्। त्यसैले यसरी बैङ्कबाट प्रदान गरिने कर्जा सुविधामा अब पारिवारिक कर्जा सीमा तोकेर अनिवार्य गर्नुपर्ने बेला आएको छ। साना र मझौला उघमीहरूको ढाड सेक्ने गरी ब्याजदर निर्धारण गर्दा राष्ट्र बैङ्क मौन छ, अझै सहयोगी बनेको छ। निश्चित वर्गको ठूलो धन राशिको मुद्दती निक्षेपमा राम्रो प्रतिशत ब्याज निर्धारण गर्न दिएर राष्ट्र बैङ्कले अन्याय गर्न बैङ्कहरूलाई सघाएको छ।

यसरी देशभित्र व्याप्त निराशामा महत्त्वपूर्ण भूमिका खेलेका यी तत्त्वहरूमा अनिवार्य परिवर्तनको आवश्यकता छ। यीबाहेक व्यक्तिगत पैरवी, वृत्तिविकास, स्वास्थ्य, शिक्षा, यातायात तथा सामाजिक न्याय जस्ता पुराना समस्या त हाम्रो समाजमा छँदै छन्। तर पनि माथि उल्लेखित कारणहरूमा इमानदारता र केही उदारता आउने हो भने पनि मान्छेहरू बोतलमा पेट्रोल बोकेर आफैँलाइ डढाउने छैनन्। मेरो आग्रह छ, सबैले आआफ्नो ठाउँबाट इमानदार प्रयास र योगदान गरौँ। आवाज उठाऔँ। घचघच्याएर मात्र पुगेन भने तेस्रो जनआन्दोलनको आधार यिनै हुनेछन्। अब अति भैसकेको छ। हामी बस्ने समाज हामी आफैँले निमार्ण गर्ने हो। आवश्यक आन्दोलनको लडाइँ र सहकार्यको लागि सबै तयार बसौँ/बनौँ।

कृष्ण रिमाल
कुश्मा नगरपालिका -९, राम्दी फाँट, पर्वत

प्रकाशित: २०८१ चैत २१ गते बिहिबार ११:२१
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना