२०८३ कार्तिक २४ गते सोमबार

संविधान संशोधनको लागि सबै दल मिल्नुपर्छ

 |  सुरेन्द्रराज आचार्य
Sanket

सुरेन्द्रराज आचार्य

काठमाडौँ, चैत २५
surendraraj_acharya

भ्रष्टाचार देशको रोग जस्तै बनेको छ। सुशासनको निम्ति यसको अन्त्य हुन जरुरी छ। स्थानीय तहदेखि माथिसम्मनै भ्रष्टाचारले गाँजेको छ। त्यसकारण भ्रष्टाचारको अन्त्य गर्दै जनतालाई छिटोछरितो सेवा सुविधा दिने काममा तीनै तहको सरकार लाग्नुपर्छ। सरकारले सोचेअनुरुप काम गर्न नसक्दा जनतामा अलिकति वितृष्णा पैदा भएको छ। अहिले सुशासन पनि फितलो बन्दै गएको छ। राजाको चाहाना गरेर जनता त्यसतर्फ आकर्षित भएका होइन्। दल र दलका नेताहरुको क्रियाकलापप्रति असन्तुष्टी पैदा भएको हो। नेताप्रतिको असन्तुष्टी पोख्ने ठाउँ राजसंस्था जस्तो देखिएको मात्रै हो। दलप्रतिको वितृष्णाले उब्जाएको वितृष्णा हो। आम जनताको चाहाना अनुसार देशको सत्ता, शासन, प्रशासन चलेको खण्डमा जनता सन्तुष्ट हुन्छन्। खाली पार्टीगत स्वार्थभन्दा  पनि देशको हितमा देशको स्वार्थको निम्ति काम गरियो भने टिकाउ हुन्छ। नेताहरुले पार्टी र कार्यकर्ताको लागि मात्रै सोच्ने हो भने दीर्घकालीन रुपमा राम्रो प्रभाव दिँदैन।

देशभित्रै रोजगारीको सिर्जना गर्न सकेको खण्डमा मात्रै युवा पलायन रोक्न सकिन्छ जस्तो लाग्छ। अहिले खाडीमूलुक जाने र अध्ययनको सिलसिलामा जाने लहर चलेको छ। आफ्नै देशमा रोजगारीको अवसर नभएका कारण यो अवस्था आएको हो। यसको न्यूनीकरण गर्न   शिक्षामा सुधार गर्दै उद्योग कलकारखानाको व्यवस्था गर्नुपर्छ। देशभित्र रोजगारीको सवालमा विस्तृत रुपमा अध्ययन गरेर आफ्नै स्रोत–साधनबाट रोजगारी सिर्जना गर्नुपर्छ। हाम्रो देश पर्यटनको सवालमा धनी छ। पर्यटनको सम्भावना भएका ठाउँमा सबै खाले विकास गरेर पर्यटनबाट रोजगारी सिर्जना गर्न पनि सकिन्छ। त्यसतर्फ युवालाई आकर्षण गर्नुपर्छ। युवाशक्ति पलायन हुने राम्रो सङ्केत पक्कै पनि होइन।

वास्तबमा सङ्घीयता आइसकेपछि संविधानमा केही संशोधन गर्नुपर्ने आवश्यकता छ। संविधानमा केही नमिलेका कुरा मिलाउनुपर्ने छ। संविधान संशोधन एउटा सिङ्गो कांग्रेसले मात्रै गर्न सक्ने कुरा होइन। संशोधनको लागि सबै दलहरु मिल्नुपर्ने छ। जतनाको चाहाना अनुसार देशको संविधान, ऐन/कानुन, नीतिनियम बन्नुपर्छ। प्रदेशमा प्रर्याप्त कानुन बन्न नसक्दा काम गर्न समस्या भएको छ। आवश्यक कानुन बन्न नसक्दा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार बाझिएको छ। निजामति कर्मचारी र प्रहरी प्रशासन सञ्चालन, कर्मचारीको सरुवामा समस्या पैदा भएको छ। कानुन बन्न नसक्दा विकासको कामले पनि गति लिन सकेको छैन। यी सबै विषयलाई सुधार गरेर समयसापेक्ष लैजानुपर्ने छ। हामीले सङ्घीयता दिऔँ। तर त्यसअनुसार कानुन नबन्दा समस्या देखिएको छ। समानुपातिक प्रणालीप्रति पनि जनता त्यति सन्तुष्टी देखिएका छैनन्।

देशको संविधान परिवर्तननै गर्न नसक्ने भन्ने होइन। तर जहाँजहाँ कमिकमजोरी छन्, त्यसलाई सुधार गरेर जाने हो भने परिणाम पनि राम्रो दिन्छ। तर उही पुरानै ढर्रामा लाग्न खोजियो भने संविधानप्रति जनताको वितृष्णा आउन सक्छ। त्यो भोलि थेग्न नसक्ने अवस्था पनि आउन सक्छ।

सदनमा जनताका सवाल नउठ्ने होइन उठ्छन्। तर त्यस अनुसार सरकार गम्भीर भएर लागेको पाइँदैन। संसद्मा विषय उठाउने मात्रै काम भएको छ। तर कार्यान्वयन फितलो छ। सांसदले समय सापेक्ष सदनमा उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको संविधान संशोधन पनि हो। त्यसको लागि सिङ्गो संसद् एक हुनुपर्छ। तर अहिलेको राजनीतिक परिस्थिति पनि त्यति ठिक छैन। जनता पहिलाको जस्तो छैनन्।

अहिलेका जनता सचेत छन। त्यसकारण जनताको चाहाना अनुसार संशोधन गर्नुपर्ने छ। जनताको भावना अनुसार राज्य, सरकार र जनप्रतिनिधि चलेनन् भने जनताको निराशा बढ्दै जाने देखिन्छ। हामीले संविधान बनाऔँ। तर संविधानमा भएका केही कमिकमजोरी समयसापेक्ष सुधार गरेर जान सकेका छैनौँ। देशको संविधान परिवर्तननै गर्न नसक्ने भन्ने होइन। तर जहाँजहाँ कमिकमजोरी छन्, त्यसलाई सुधार गरेर जाने हो भने परिणाम पनि राम्रो दिन्छ। तर उही पुरानै ढर्रामा लाग्न खोजियो भने संविधानप्रति जनताको वितृष्णा आउन सक्छ। त्यो भोलि थेग्न नसक्ने अवस्था पनि आउन सक्छ।

कपिलवस्तु जिल्लामा त्यति धेरै उद्योगधन्दा, कलकारखाना छैन्। कपिलवस्तुको मुख्य पेसा भनेको कृषि पेसा हो। त्यसको लागि समयमै सिँचाइ र मलखादको प्रर्याप्तता हुन जरुरी छ। कपिलवस्तुमा जमिनको चक्लाबन्दी भयो भने किसानले एकै ठाउँमा सिँचाइ र तारबारको प्रन्बन्ध गर्न सक्ने थिए। सिँचाइ मन्त्रालयले एउटा बोरिङ दिन्छ। एउटा टुबेल दिन्छ। त्यो किसानले एउटा खेतमा गाडेको हुन्छ। तर उस्को खेत साना–साना गरी दश ठाउँमा हुन्छ। त्यसले गर्दा यहाँको उब्जनीमा घाटा हुँदै गएको छ। एउटा खेतमा सिँचाइ हुँदा अर्को खेत बाजै रहने हुन्छ।

अहिले कपिलवस्तुका जनताको माग भनेको चक्लाबन्दी जग्गा हुनुपर्ने हो। त्यसो गर्न सकेको खण्डमा किसान कृषिप्रति आकर्षित गर्न सकिन्छ। यो समस्या कपिलवस्तुको मात्रै होइन। देशैभरिका किसानको माग हो। यो कुरा मैले संसद्मा पनि पटक–पटक उठाएको छु। फेरि पनि यो समस्या उठाउन आवश्यक छ। तराईका जिल्लाको मुख्य समस्या नै यही छ अहिले। अहिलेको समस्या भनेको जनतालाई रोजगारी दिन नसक्नु हो। सडक, पुल निर्माण गर्ने हो। जनताको शिक्षा, स्वास्थ्य समस्या मुख्य कुरा हो। त्यसतर्फ ध्यान दिने अबको मेरो योजना छ।

(विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका सुरेन्द्रराज आचार्य अहिले प्रतिनिधि सभा सांसद हुन्। यो आलेख सुशील दर्नालसँग गरिएको कुराकानीमा आधारित छ।)

प्रकाशित: २०८१ चैत २५ गते सोमबार ०८:४२
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना