२०८३ कार्तिक २४ गते सोमबार

आन्तरिक मानव बेचबिखन: अदृश्य संकट

 |  अन्शु खनाल
Sanket

अन्शु खनाल

काठमाडौँ, असार २८
anshu_khanal

नेपालमा मानव बेचबिखनको चर्चा हुँदा प्रायः मानिसको ध्यान भारत, चीन, या अन्य खाडी मुलुकहरूतर्फ जान्छ। तर त्यत्तिकै गम्भीर संकट हाम्रो आँखैअघि- देशभित्रै, शहरका गल्लीहरूमा, खाजाघर, मसाज सेन्टर र गेस्टहाउसलगायतमा लुकेर बसेको छ।

२०७६ सालमा बालबालिका खोजतलास केन्द्रमा इन्टर्न गर्दा मैले धेरै यस्ता बालिकाहरूलाई भेटेकी थिएँ, जो कुनै अपरिचित गिरोहले होइन, आफ्नै आफन्त वा चिनाजानीका व्यक्तिहरूले कामको बहानामा सहर ल्याई यौनशोषणको चक्रमा फसाएका थिए। एक जना अनाथ बालिकाको घटनाले मलाई अझै तर्साइरहन्छ। काकाले घरबाट ‘काममा लगाइदिन्छु’ भन्दै उनलाई काठमाडौँ ल्याएका थिए। खाजाघरको भान्साबाट सुरू भएको उनको यात्रा केही हप्तामै ग्राहकको सर्भिस गर्ने कोठासम्म पुगेको थियो। त्यो समयमा १४ वर्षकी ती बालिकालाई बालबालिका खोजतलास केन्द्रले बागबजारबाट उद्धार गरेको थियो।

यस्ता बालिकाहरूको कथा हाम्रो तथ्यांकमा समेटिँदैन। किनभने उनीहरू बोल्दैनन्, बोल्न सक्दैनन्। समाजले दिने कलंकको डर छ। राज्य संयन्त्रको बेवास्ताले गर्दा उनीहरू अदृश्य बनिन्छन्। तर आन्तरिक मानव बेचबिखन नेपालमा फैलिँदो अपराध उद्योग हो। यस्ता अपराधमा धेरैजसो पीडितहरू नाबालिग छन्।

खाजाघर, क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर, दोहोरी साँझ र गेस्टहाउसहरूमा यस्ता अपराधहरू फैलिएका छन्। अपवादबाहेक, यस्ता ठाउँहरूमा काम गर्नेहरू आफन्तबाट फसाइएका, झुक्याइएका वा जीवन–निर्वाहको विवशतामा त्यहाँ पुगेका हुन्छन्। उनीहरूको नाम, उमेर, जन्मथलो सबथोक लुकाइन्छ। अनि जब प्रहरी पुग्छ, उनीहरू भन्छन्, ‘हामी आफ्नै इच्छाले यहाँ आएका हौँ।’ उनीहरूले यो वाक्य डरले भनेका हुन्। पीडितका यस्ता वाक्यले यथार्थ चित्रण गर्दैनन्।

आन्तरिक बेचबिखनमा परेको थाहा हुँदाहुँदै पनि कतिपय पीडितहरू उक्त विवशतबाट उन्मुक्ति पाउनै सक्दैनन्। पीडितहरूसम्म या त उन्मुक्तिको बाटो पहिल्याउने पहुँच नै हुँदैना या त आर्थिक विवशताले जेलिएको अवस्था हुन्छ। गरिबी, घरेलु हिंसा, विद्यालय छोडाइ, पारिवारिक विघटन, एकल आमाबाबुको अनुपस्थितिमा बालिकाहरू आफैँ काम खोज्न निस्कन्छन्। सुरुमा भाँडा माझ्ने, खाना पकाउने, सफाइ गर्ने काम पाउँछन्। तर बिस्तारै कम तलब, धेरै समय, अनि बस्न खान समेत नपुग्ने अवस्थाले गर्दा उनीहरू विकल्प खोज्न थाल्छन्। यही कमजोर मोडमा शोषकहरूले हात लम्क्याउँछन्। सस्तोमा कोठा, खाना र तलब दिने प्रस्ताव उनीहरूका लागि जीवन बाँच्ने उपाय बनेर आइपुग्छ, तर त्यही बाटो यौनशोषणको दलदल बन्छ।

अर्को कारण हो राज्यको नियमन संरचना कमजोर हुनु। धेरै यस्ता खाजाघर वा स्पा सरकारी दर्ता नै हुँदैनन्। दर्ता भए पनि त्यहाँ को–को काम गर्छन्, उनीहरूको उमेर के हो, कुनै निगरानी छैन। कहिलेकाहीँ त यस्ता ठाउँहरूमा स्थानीय राजनीतिक संरक्षण नै देखिन्छ। जुन स्थानमा कडाइ हुनुपर्ने हो, त्यहाँ राजनीतिक आडमा राज्यको मौन समर्थन छ।

मानव बेचबिखन अब केवल सीमापारको समस्या मात्र रहेन। यो हाम्रो सहर, समाज र चेतनाभित्र गढेको संरचनात्मक संकट हो। यसको समाधान केवल अपराधी पक्राउ गर्नु मात्र होइन, पूर्ण प्रणालीकै सुधार हो।

कानुनी संरचनाको कमजोरी अर्को गम्भीर समस्या हो। नेपालमा मानव बेचबिखनको विरुद्धमा कानुन छ, तर त्यो कानुन वास्तविकतासँग मेल खाँदैन। मुद्दा दायर गर्न महिनौँ लाग्छ। त्यतिबेलासम्म दोषीहरू भागिसकेका हुन्छन्। पीडितहरूले न्यायको आशै मार्छन्। प्रमाण संकलनदेखि साक्षी संरक्षणसम्म सबै प्रक्रियामा कमजोरी देखिन्छ।

सबैभन्दा दुःखद् हाम्रो सामाजिक मानसिकता हो। यस्तो शोषणमा परेकाहरूलाई हामी पीडितको रूपमा हेर्दैनौँ। उल्टै उनीहरूलाई दोषी ठहराउँछौँ। ‘आफैँले त गरेकी हो’ भन्ने हाम्रो सोचले पीडितहरूलाई दोहोरो पीडामा पार्छ। यही सोचले अपराधीलाई हौसला दिन्छ।

समाधान केवल कानुन बनाउने र प्रहरी परिचालन गर्ने मात्र होइन। यो हाम्रो सामाजिक, आर्थिक र राजनीतिक संरचनाको पूर्ण रूपान्तरणको प्रश्न हो। यी व्यवसायहरूलाई कडा नियन्त्रणमा राख्नुपर्छ। हरेक होटल, खाजाघर, मसाज पार्लर अनिवार्य रूपमा दर्ता हुनुपर्छ। त्यहाँ काम गर्ने सबैको पहिचान, उमेर, तलब, काम गर्ने अवस्थाको कडा निरीक्षण हुनुपर्छ। गोप्य रूपमा निरीक्षण टोली जानुपर्ने व्यवस्था हुनुपर्छ। दर्ता नभएका व्यवसायलाई बन्द गर्न सक्ने सामर्थ्य स्थानीय प्रशासनसँग हुनुपर्छ।

छोरीहरूलाई आत्मनिर्भर बनाउने नीति निर्माण गर्नुपर्छ। शिक्षाको पहुँच बढाउनुपर्छ। विद्यालयमा उनीहरूलाई यौनिकता, श्रम अधिकार, तथा हिंसाबाट जोगिने उपायका बारेमा सचेत बनाउनुपर्छ। ग्रामीण समुदायमा काम गर्ने संघसंस्थाले बालिका–मैत्री सीप तालिमहरू सञ्चालन गर्नुपर्छ। बालमैत्री विद्यालय र सामाजिक कार्यक्रमहरू बालिकाको आत्मविश्वास विकासमा सहयोगी हुन्छन्। सञ्चार माध्यमले यस विषयमा जिम्मेवार भूमिका खेल्नुपर्छ। हेल्पलाइन नम्बर प्रचार गर्नु, सुरक्षित बालश्रमको जानकारी दिनु पर्छ।

यस्ता शोषणमा परेका छोरीहरूको पुनर्स्थापना अत्यन्त महत्वपूर्ण छ। उनीहरूलाई उद्धार गर्नु मात्र पर्याप्त छैन। मानसिक उपचार, सीप विकास, रोजगारी, पारिवारिक पुनर्मिलन यी सबै कुरा एकीकृत रूपमा हुनुपर्छ। पुनर्स्थापनामा राज्य, एनजीओ र समुदायको समन्वय हुनुपर्छ। यी पीडितहरूलाई समाजमा सम्मानजनक जीवन जिउने अवसर दिन सकिएन भने उनीहरू फेरि जोखिममा पर्छन्।

आन्तरिक मानव बेचबिखन हाम्रो समाजको नैतिक पतनको प्रमाण हो। यो केवल सरकारको जिम्मेवारी होइन, हामी सबैको जिम्मेवारी हो। हामीले शंकास्पद गतिविधि देखेमा आवाज उठाउनुपर्छ। सामाजिक संस्थाहरूले यस विषयमा सक्रिय भूमिका खेल्नुपर्छ।

मानव बेचबिखन अब केवल सीमापारको समस्या मात्र रहेन। यो हाम्रो सहर, समाज र चेतनाभित्र गढेको संरचनात्मक संकट हो। यसको समाधान केवल अपराधी पक्राउ गर्नु मात्र होइन, पूर्ण प्रणालीकै सुधार हो।

प्रकाशित: २०८२ असार २८ गते शनिवार ११:४६
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना