२०८३ कार्तिक २० गते बिहिबार

राष्ट्रिय ग्रीडले पश्चिम सेती करिडोरमा प्रसारण लाइन बनाउन माग्यो आशयपत्र, अनुमानित लागत २० अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
transmission_line

काठमाडौंः सरकार स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले सार्वजनिक–निजी साझेदारीमा पश्चिम सेती करिडोरमा ४०० केभी प्रसारण लाइन बनाउने भएको छ।

बझाङ्ग–बनलेक–दोदोधारा १४५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन बनाउन आशयपत्र मागेको  । उक्त प्रसारण लाइन तथा दुईवटा सवस्टेशन बनाउन २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

प्रसारण लाइन बनाउन स्वपुँजी (इक्विटी) को कम्तिमा ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत निजी प्रवर्धक / पब्लिक कम्पनीहरुको लगानी रहने कम्पनीले जनाएको छ।

आशयपत्र पेश गर्न कम्पनीले १५ दिनको समय दिएको छ । ४०० केभी प्रसारण लाइनका साथै चैनपुर र बनलेक सवस्टेशन पनि बनाउनु पर्ने कम्पनीले जनाएको छ।

सरकारी तवरबाट मात्र ठूला विद्युत प्रसारण लाइन बनाउन नसक्ने अवस्था आएपछि गत आर्थिक वर्षको बजेटमा सरकारले निजी क्षेत्रलाई खुला गरेको थियो।

सरकारले ल्याएको योजनाअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले गत आर्थिक वर्षमा आधा दर्जन नदी करिडोरमा निजी साझेदारीमा ठूला प्रसारण लाइन निर्माण अघि बढाएका छ।

अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरु (आइपिपी) को अन्तिम बिन्दु भएसम्म सरकारले प्रसारण लाइन बनाइदिनुपर्ने अवस्था रहेकोमा विस्तारै कम हुँदै गएको छ।

नेपाल विद्युत प्राधिकरणले पनि २२० देखि ४०० केभी क्षमताका चार ठूला प्रसारण लाइन निजी साझेदारीमा बनाउन लागेको छ।
प्रस्तावित प्रसारण लाइन बनाउन ३२ करोड अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । लाइनको लम्बाइ तीन सय २२ किलोमिटर छ।

प्राधिकरणले न्यूखिम्ती–ढल्केबर ४०० केभी, अरुण हब इनरुवा ४०० केभी, तिलङा–दूधकोसी–ढल्केबर ४०० केभी र लप्सिफेदी–तीन पिपले २२० केभी प्रसारण लाइन निजी साझेदारीमा बनाउन लागेको हो।

वार्षिक आवश्यक आम्दानी (एआरआर) मा आधारित आफैँ निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनाउन आशयपत्र मागेको प्राधिकरणले जनाएको छ।

गत वर्षदेखि प्रसारण ग्रीड कम्पनीले हाइटारदेखि शितलपाटीसम्म ४ सय केभी प्रसारण लाइन साझेदारीमा बनाउन लागेको छ । प्रस्तावित तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन बनाउन निजी साझेदारीमा पहिलो पटक कम्पनी स्थापना भएको छ।

प्रसारण तथा ग्रिड कम्पनीले तामाकोसीको सहायक नदी ल्याप्चे खोला र रोल्वालिङ खोला करिडोरमा बन्दै गरेका जलविद्युत आयोजनाहरुका लागि निजी साझेदारीमा प्रसारण लाइन बनाउन लागेको छ।

तामाकोसी नदी करिडोरमा विद्युत उत्पादन लाइसेन्स लिइ उत्पादन प्रक्रियामा रहेका जलविद्युत प्रवद्र्धकलाई लामाबगरदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्म २२० केभी प्रसारण लाइन साझेदारीमा बनाउन आशयपत्र मागेकोमा पेश भइसकेको छ । लामाबगर बाह्रबीसे लाइन बनाउन ४ अर्ब रुपैयाँ लाग्ने छ। यो प्रसारण लाइन बनाउन बेग्लै कम्पनी स्थापना हुने भएको छ।

यो पनि ७०ः३० को मोडेलमा बनाउने भएको छ । प्रसारण लाइन बनाउन एमभी दुगड ग्रुप र सानिमा हाइड्रोले स्वपुँजी लगानी गर्ने भएका छन् । दुगड ग्रुपले २० अर्ब रुपैयाँ लगानीमा १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यस्तै सानिमा हाइड्रोले ५६ मेगावाटको जुमखोला आयोजना अघि बढाएको छ। माथिल्लो तामाकोसीको विकासकर्ता अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ डाइभर्सन परियोजना निर्माण गरिरहेको छ।

प्रसारण लाइनमा निजी क्षेत्रको प्रवेश भएपछि विद्युत प्रसारणमा देखिएको समस्या हट्ने भएको छ। समयमा प्रसारण लाइन नबने आफैले पेनाल्टि (जरिवाना) तिर्नुपर्ने, बिजुली खेर जाने भएकाले प्रवद्र्धकलाई दबाब बढेको छ । यसले आयोजना समयमा सम्पन्न हुने वातावरण सिर्जना भएको छ।

सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ । २०३० सम्ममा ६ खर्ब, २०३५ सम्ममा ७ खर्ब र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारण लाइन निर्माणका लागि चाहिने भएको छ।

जलविद्युत आयोजनाहरुको उत्पादन मिति तय भए पनि प्रसारण लाइनको अभावमा खेर जाने अवस्था छ।

प्रकाशित: २०८२ भदौ २३ गते सोमबार ०८:३५
प्रतिक्रिया

थप समाचार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना