२०८३ कार्तिक २२ गते शनिवार

सवा २२ अर्बको बीमा दाबी, ओरियन्टल इन्स्योरेन्सको सबैभन्दा बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
insurance_claim

काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दा मुलुकमा ठूलो धनजनको क्षति भयो। आन्दोलनका क्रममा भौतिक संरचनामा क्षति पुग्यो। क्षतिको हालसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँबराबरको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार १८ निर्जिवन बीमा कम्पनीमा उक्त रकमबराबरको २४ सय ७८ दाबी परेको छ।

रकमका आधारमा भारतको दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी दाबी परेको छ। प्राधिकरणका अनुसार ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँबराबरको ७३ वटा दाबी परेको छ। ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा बढी दाबी पाँचतारे होटल हिल्टनबाट परेको छ।

दाबी संख्याका आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडी रहेको छ। शिखरमा दुई अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बराबरको ३७४ वटा दाबी परेको छ।

रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा छ। सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँबराबरको २७९ दाबी परेको छ। यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई अर्ब ७६ करोड ८४ लाख रुपैयाँबराबरको १७० वटा दाबी परेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडमा एक अर्ब ५४ करोड ५६ लाख रुपैयाँ बराबरको २५७ वटा दाबी परेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्समा एक अर्ब १५ करोड ६३ लाख, नेको इन्स्योरेन्समा एक अर्ब ११ करोड ८३ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ८१ करोड, युनाइटेड अजोडमा ५१ करोड ३४ लाख र नेपाल इन्स्योरेन्समा ४७ करोड नौ लाख रुपैयाँबराबरको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ।

एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ परेको छ। सबैभन्दा कम दाबी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। नेपाल माइक्रोमा ४१ लाख रुपैयाँबराबरको १७ वटा दाबी परेको छ।

जेन-जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब क्षति भएको प्रारम्भिक अनुमान
रकमका आधारमा सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार १८ अर्ब ६१ करोड आठ लाख रुपैयाँबराबरको ५३८ वटा सम्पत्ति बीमा दावी परेको छ।

यस्तै मोटर बीमा दुई अर्ब ९५ करोड २६ लाख रुपैयाँबराबरको १७ सय ७८ वटा दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम ३३ करोड ३६ लाख र परिवहन बीमा एक करोड ५५ लाख रुपैयाँ दाबी परेको छ।

निजी क्षेत्रले ८० अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा हालसम्म ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।

जेन-जी आन्दोलनमा क्षति: २० अर्ब ७० करोड बीमा दावी
महासंघका अध्यक्ष ढकालले देशैभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचनाका आधारमा ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी दिए।

विशेषगरि ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ। महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको उनले जानकारी दिए।

आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोरमा सबैभन्दा बढी क्षति पुगेको छ। व्यवसायिक घरना शंकर ग्रुपको लगानी रहेको पाँचतारे हिल्टन होटलमा पनि ठूलो क्षति भएको छ। आठ अर्ब रुपैयाँ लगानीमा बनेको हिल्टन आगजनीपछि खण्डहरमा परिणत भएको छ। चौधरी ग्रुपलगायत थुप्रै व्यवसायिक घरनामा अर्बौैं रुपैयाँ क्षति पुगेको छ। होटल संघ नेपालले दुई दर्जन होटलमा २५ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भीक जानकारी दिएको छ।

नेपाल निर्जिवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया चाँडै निष्कर्षमा पुर्‍याउन प्रतिवद्धता जनाएको छ। वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनका क्रममा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, मन्त्रालय, सर्वोच्च अदालत, राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा क्षति भएको छ।

प्रकाशित: २०८२ असोज ६ गते सोमबार ११:३६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना