काठमाडौं। हङकङको ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेडले अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना बनाउन प्रस्ताव गरेको छ।
लगानी बोर्डको बुधबार बसेको ६७ औं बैठकले ब्लेजिपिक ग्लोबल ग्रुपलाई आव्हान नगरिएको प्रस्तावका रूपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी गर्न समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
परियोजनाको अनुमानित लागत १६ अर्ब रुपैयाँ रहेको छ।
