२०८३ कार्तिक २४ गते सोमबार

तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी, ‘ब्राण्डिङ’ गर्दै नगरपालिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
chaku

काठमाडौं। काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन्। माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन्।

टोखा नगरपालिका–२ र ३ मा चाकु बनाउने नेवार समुदायको पुरानो बस्ती छ। टोखा चाकुका लागि प्रख्यात ठाउँ हो। नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। कुनैबेला टोखा उखुखेती तथा चाकु उत्पादनका लागि देशमै प्रसिद्ध थियो। तर, हाल उक्त ठाउँमा उखुखेती छैन।

बढ्दो सहरीकरणले टोखा वरपर उखुखेती मासिएको छ। उखुखेती मासिएसँगै उद्योगीले तराईबाट सख्खर ल्याएर चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन्।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ हाल कपिलवस्तुको चन्द्रौटा बजारबाट सख्खर ल्याएर चाकु बनाउँदै आएको बताउछन्। टोखामा हाल १८ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन्। विगतमा १४ कम्पनी रहे पनि हाल चाकु उद्योगको सङ्ख्या बढेको हो।

टोखा परम्परागत चाकु संरक्षण समाजले नयाँ युवालाई चाकु उत्पादनमा प्रोत्साहन गर्नुका साथै विश्वव्यापी बजारीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरिरहेको छ। टोखाको परम्परागत उखु खेतीलाई प्रवर्द्धन गर्न उखुखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अगाडि सारेको छ।

टोखामा उत्पादित चाकु असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। संस्थापक अध्यक्ष श्रेष्ठ टोखामा उत्पादित चाकु नेपालसहित विदेशमासमेत धेरै माग हुँदै आएको बताउछन्।

टोखामा उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा बिक्री हुँदै आएको छ।

टोखाका चाकु उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए।

“टोखा नगरपालिका–२ गलेमा चाकु स्तम्भका लागि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) निर्माण भइसकेको छ,” उनले भने।

उनले चाकुलाई नगरपालिकाले अन्तरर्राष्ट्रियस्तरमा ‘ब्राण्डिङ’ गर्ने बताए। टोखामा उत्पादित चाकु हाल प्रतिकिलो १४० देखि १५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। नेवारी संस्कृतिमा माघ १ गते चाकु खाने चलन छ। साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ।

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ। चाकु खाँदा शरीरलाई फाइदा हुनाका साथै रोगसँग लड्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ।

प्रकाशित: २०८२ मङ्सिर १० गते बुधबार ०८:४८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना