२०८३ कार्तिक २४ गते सोमबार

सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन महासंघ अध्यक्ष ढकालको सुझाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
chandra_dhakal
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताए।

“नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको मुद्धतिमा राख्ने गरिएको छ। हालसम्म सामाजिक सुरक्षा कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान संकलन भएको तथ्याङ्क छ। यो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके यसबाट देश विकासमा योगदान पुग्छ” अध्यक्ष ढकालले भने।

उनले नेपालमा श्रम ऐन २०८४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कार्यान्वयनसँगै सामाजिक सुरक्षा प्रणाली संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै कोषमार्फत औपचारिक श्रम बजार विस्तार, सुरक्षित र मर्यादित कार्यस्थल निर्माण तथा त्रिपक्षीय सहकार्य सुदृढ हुँदै गएको बताए।

साथै उनले सामाजिक सुरक्षा कोषलाई आगामी वर्षहरूमा डिजिटल सेवा विस्तार, लघु, साना तथा मध्यम उद्योग माथि पर्ने कार्यान्वयनको बोझ कम गर्दै सामाजिक सुरक्षा कोषमा समेटन तथा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई प्रणालीमा जोड्ने पहल गर्न सुझाव दिए। अध्यक्ष ढकालले उद्योग–व्यवसायमैत्री सुविधा, तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार प्रणाली आधुनिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यसैगरी उनले योगदान दर, दर्ता प्रक्रिया तथा दायित्वबारे अझै अस्पष्टता रहेकोले प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको, योगदानबापत श्रमिकले प्रत्यक्ष लाभ पाएको अनुभूति बढाउनुपर्ने तथा कोषको लगानी संरचना पारदर्शी, सुरक्षित र जोखिम व्यवस्थापनयुक्त हुनुपर्नेमा जोड दिए।

महासंघ श्रमिक–कल्याण, सुरक्षित श्रम वातावरण र दिगो आर्थिक विकासका लागि सधैं तत्पर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारलाई औपचारिक, सुरक्षित र दिगो बनाउन महासंघले संस्थागत रूपमा योगदान पुर्‍याइरहने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: २०८२ मङ्सिर ११ गते बिहिबार ०४:१७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना