झापा। पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख रुपैयाँ बराबरको चियाको निर्यात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको उक्त अवधिमा दुई अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। यो चालु आर्थिक वर्षमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँ कम हो।


