२०८३ कार्तिक २४ गते सोमबार

बैंकको वर्गीकरण पुनरावलोकन गरिँदै, क्षेत्रगत लगानी केन्द्रित गर्ने राष्ट्र बैंकको तयारी!

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, मङ्सिर १५
nrb2

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्ने भनेको चार महिना बितिसक्यो। चार महिना भइसक्दा पनि यसको कार्ययोजना अघि बढ्न सकेको छैन।

पुँजी तथा लगानी संरचना सुधार गर्दै बैंकहरूलाई क्षेत्रगत रूपमा केन्द्रित गराउने उद्देश्यअनुरूप नयाँ मोडेल तयार पार्न चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पनि समेटिएको छ। केही महिनाअघि नेपाल क्लिक्ससँग कुरा गर्दै राष्ट्र बैैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल पुनरावलोकन गर्ने बताएका थिए।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार बैंकहरूलाई क्षेत्रगत आधारमा पुनःवर्गीकृत गर्ने प्रस्तावमा अध्ययन गर्न केही समय अगाडि नै समिति गठन भइसकेको थियो।

“यो विषयमा अध्ययन गर्न समिति बनाइएको थियो। तर, यस विषयमा थप छलफल भएको छैन। समितिको प्रतिवेदन आएपछि मात्र कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,” उनले भने।

हाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’, विकास बैंकलाई ‘ख’, वित्त कम्पनीलाई ‘ग’ र लघुवित्तलाई ‘घ’ वर्गमा राख्दै आएको छ। तर प्रायः सबैको लगानी र सेवा एउटै जस्तै बनेकाले कार्यक्षेत्र स्पष्ट पार्न पुनरवलोकन आवश्यक भएको राष्ट्र बैंकको निष्कर्ष छ।

वर्तमान अवस्थामा प्रतितपत्र (एलसी) खोल्नेबाहेक वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको अधिकांश कारोबार समान छ। विदेशी मुद्रा कारोबार र एलसी खोल्ने अधिकार भने वाणिज्य बैंकमा मात्र सीमित छ।

राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थालाई निश्चित क्षेत्रमा केन्द्रित हुन आवश्यक देखिएको बताएका थिए। “जसले जलविद्युत् वा पूर्वाधारमा राम्रो लगानी गरिरहेको छ, उसैलाई त्यही क्षेत्रमा अझै सुदृढ रूपमा लगानी बढाउन सकिने व्यवस्था हुनु उपयुक्त हुन्छ,” उनले भने।

बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) ले पुँजीका आधारमा वर्ग छुट्याए पनि नेपालमा इन्भेस्टमेन्ट बैंक वा विशिष्टिकृत सेवा दिने संस्था विकास नहुँदा समान प्रकृतिका लगानी पोर्टफोलियो देखिएको विश्लेषकहरूको मूल्यांकन छ।

मौद्रिक नीतिले समेत वित्तीय प्रणालीका चुनौती समाधान गर्दै दीगो विकासका लागि ‘दोस्रो वित्तीय क्षेत्र रणनीति’ लागू गर्ने तयारी उल्लेख गरेको छ।

गत दशकमा बैंकहरूको पुँजी उल्लेखनीय रूपमा बढेको छ—तीन करोडबाट सुरु भएकाहरू अहिले ६४ करोडसम्म, दुई अर्बबाट सुरु भएकाहरू न्यूनतम आठ अर्बसम्म पुगेका छन्। वाणिज्य तथा विकास बैंक दुबैले न्यूनतम पुँजीभन्दा धेरै माथि पुगेको राष्ट्र बैंकले जनाएको छ।

२०७२ को मौद्रिक नीतिले वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब, विकास बैंकको साढे दुई अर्ब र वित्त कम्पनीको ८० करोड रुपैयाँ न्यूनतम् पुँजी तोकेको छ।

यससँगै, चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीका लागि प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्ने सीमा हटाइएकाले उनीहरूको लगानी क्षमता थप फराकिलो भएको छ।

राष्ट्र बैंकले अबको वर्गीकरण पुनरावलोकनले बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत लगानीमैत्री बनाउने अपेक्षा राखेको छ। अध्ययन प्रतिवेदन आएपछि मात्र नयाँ संरचनाको दिशा स्पष्ट हुनेछ।

तर तत्कालै कुनै नीति आउने सम्भावना भने देखिदैन। मुलुक संघीय संरचनामा गइसकेकाले केन्द्रीय बैंकले प्रादेशिक विकास बैंक खोल्ने प्रक्रिया अझै सुरु गरेको छैन्।

पुँजीगत र लगानीका हिसाबले एक दशकअघि वाणिज्य बैंकको अवस्थामा विकास बैंक पुगिसकेका छन्।

राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीहरूमा विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत नियामकीय मापदण्डहरू कार्यान्वयनमा छ।

ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाएको छ । यसले गर्दा लगानीको दायरा फराकिलो हुने भएको छ ।

प्रकाशित: २०८२ मङ्सिर १५ गते सोमबार ०८:१६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना