२०८३ कार्तिक २४ गते सोमबार

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १८
Photo (1)

चीनले हरित ऊर्जाको रुपान्तरणलाई गति दिएसँगै, नयाँ ऊर्जा भण्डारण प्रणालीको माग तीव्र रूपमा बढिरहेको छ।

पूर्वी चीनको झेजियाङ प्रान्तस्थित नराडा पावरको उत्पादन केन्द्रमा ठूलो–ठूलो चाँदी–सेतो रङका क्याबिनेटका पङ्क्तिहरू व्यस्त उत्पादनको संकेत दिन्छन्। यी विशाल “पावर बैंक” हरुले हावा र घामबाट उत्पादित विद्युत् भण्डारण गर्छन् र माग उच्च हुने समयमा आपूर्ति गर्न प्रयोग गरिन्छ।

केन्द्रका महाप्रबन्धकका अनुसार, यस वर्ष उत्पादन गतिविधि झनै तीव्र भएको छ । उत्पादन लाइनबाट निस्कँदै गरेका युनिटहरू प्रायः तुरुन्तै बजारतर्फ पठाइन्छन्। तन जियानगुओ, महाप्रबन्धक, लिन’आन उत्पादन केन्द्र, नराडा पावरका अनुसार “हाम्रो दैनिक उत्पादन क्षमता २० मेगावाट–घन्टा पुग्छ, जुन चारवटा भण्डारण कन्टेनर युनिटको बराबरी हो । प्रत्येक युनिटले करिब ५० परिवारलाई एक दिनको विद्युत् आपूर्ति गर्न सक्छ । यो वर्षको सुरुदेखि नै हाम्रो उत्पादन लाइन पूर्ण क्षमतामा चलिरहेको छ, र आगामी वर्षको पहिलो तथा दोस्रो त्रैमासिकसम्म पनि यसैगरी चलिरहनेछ भन्ने अपेक्षा छ।”

उनका अनुसार, यस वर्ष अर्डरमा उल्लेख्य वृद्धि भएको छ र सिपमेन्ट पनि ८० प्रतिशतभन्दा बढीले बढेको छ। विशेषगरी विद्युत् उत्पादन र ग्रिड प्रयोजनका लागि प्रयोग हुने ठूला भण्डारण प्रणालीहरू मुख्य वृद्धि स्रोत बनेका छन्।

तन जियानगुओका अनुसार “हाम्रा ठूला भण्डारण प्रणालीका झिकाइहरू गत वर्षको तुलनामा तीन गुणाले बढेका छन्। हामी ग्रिड सञ्चालनकर्ता, नयाँ ऊर्जा उत्पादक कम्पनीहरू तथा विभिन्न ठूला ऊर्जा समूहसँग मिलेर सेवा प्रदान गर्दै आएका छौँ।”

चीनको राष्ट्रिय ऊर्जा प्रशासनका तथ्यांकअनुसार, सेप्टेम्बरसम्म चीनको नयाँ ऊर्जा भण्डारणको स्थापित क्षमता १० करोड किलोवाट नाघेको छ, जुन विश्व कुल क्षमताको ४० प्रतिशतभन्दा बढी हो।

प्रकाशित: २०८२ मङ्सिर १८ गते बिहिबार १०:११
प्रतिक्रिया

थप समाचार

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नी, (अस्ट्रेलिया)। अस्ट्रेलियामा आप्रवासन नीतिलाई लिएर बहस चर्किरहेका बेला आइतबार, सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा...

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत, ट्रम्पलाई ठूलो धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत प्राप्त गर्दै डेमोक्रेटिक पार्टीले...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना