पिछडिएका, सीमान्तकृत, लैङ्गिक तथा अल्पसंख्यकको अधिकार संविधानको धारा १२, १८ र ४२ ले उल्लेख गरेको छ। नागरिकता लिने, वैवाहिक समानता र शिक्षाजस्ता विषयमा समान हक उनीहरूलाई पनि छ। तैपनि यी समुदायका मुद्दा ओझेलमा छन्। यिनीहरुका मुद्दामा राज्यको सहज ध्यानाकर्षण हुन सकिरहेको छैन। यी समुदायका व्यक्तिहरू खुलेआम बाहिर आउन नसक्नु एउटा कारण हुन सक्छ। यस समुदायका मानिसहरु दिनदिनै पारिवारिक हिंसा, सामाजिक भेदभाव, लैङ्गिक पहिचानकै आधारमा जेलको सजाय, आधारभूत शिक्षा, रोजगारी र अवसरबाट बञ्चित छन्।
२०६४ पौष ६ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान, संरक्षण, आरक्षणसहित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले यो समुदायले उठाएको आवाज पनि प्रमाणित भइसकेको छ। त्यसबेला उनीहरूको लैंगिक पहिचान खुलाएर नागरिकता दिन सर्वोच्चको आदेश थियो।
यौन अभिमुखीकरण, लैंगिक प्रस्तुति, लैंगिक पहिचान, यौन विशेषताका आधारमा (एलजीबीटीआईक्यू) महिला समलिंगी, पुरुष समलिंगी, तेस्रो लिंगी, द्विलिंगी (वाई-सेक्सुअल) र अन्तर्लिंगी र क्विअरलाई यौनिक अल्पसंख्यक भन्ने गरिएको छ। हाम्रो देशमा सहज भाषामा वा गालीगलौज गर्ने हेतुले लैंगिक अल्पसंख्यकलाई ‘हिजडा’ भन्ने गरिएको छ।
शारिरिक रुपमा पुरुष वा महिला जे भएता पनि आफूलाई महिला र पुरुषभन्दा भिन्नै ठान्ने र आफ्नो लिङ्गभन्दा विपरीत लिङ्गीको अनुभुति गर्ने व्यक्तिलाई तेस्रो लिङ्गी (थर्ड जेन्डर) भनिन्छ। जन्मने बेलामा बालक वा बालिका जेसुकै भए पनि हुकर्ने क्रममा लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुति, व्यक्तित्व परम्परागत रुपमा अपेक्षा गरिएको भन्दा पनि फरक हुन्छ।
पंक्तिकारसँग कुराकानीका सन्दर्भमा ज्योति थापा र मेघना लामा आफूलाई तेस्रो लिङ्गी ठान्दछन्। जसले जन्मँदा एउटा पुरुष भइरहेता पनि हाल उनीहरुको स्वर परिवर्तन, हाउभाउ परिवर्तनले आफू तेस्रो लिङ्गी भई विपरीत लिङ्गीतर्फ आकर्षित हुने बताँउछन्। आफू पुरुष भए पनि हाउभाउ महिलाको रुपमा देखा परेको छ। आफ्नो शारीरिक वा जैविक लिङ्ग महिला वा पुरुष जे भए तापनि आफूलाई फरक अनुभुति अर्थात् महिला भए पुरुष र पुरुष भए महिला भएको अनुभुति गर्नेहरू तेस्रो लिंगी हुन्। उनीहरू हुर्कँदै जाँदा बोलिचाली, व्यवहार र पहिरन परिवर्तन गर्न चाहन्छन्।
जन्मँदा महिला र पुरुषको यौनाङ्ग भएको तर दुवै सक्रिय नहुन पनि सक्ने र अङ्ग भए पनि अस्पष्ट हुनेलाई अन्तर्लिंगी भनिन्छ। लाखौँमा एक जनामा यस्तो विशेषता हुने बताइन्छ।
यौनाङ्गअनुसार जैविक लिङ्ग छुट्याउने गरिएको छ। कुनै पनि व्यक्ति (महिला, पुरुष, तेस्रो लिंग) हुने लैङ्गिक अनुभति हो। जो महिला, पुरुष र तेस्रो लिङ्गी व्यक्तिको हाउभाउ, व्यक्तित्व वा लैङ्गिक प्रस्तुति पनि सामाजिक लिङ्गअनुसार फरक फरक हुन्छ। हाम्रो देश नेपालमा विभिन्न भेगमा विभिन्न भाषामा तेस्रो लिङ्गिलाई नामाकरण गर्ने गरिन्छ।
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान अवसर , रोजगारी, इच्छा आकांक्षा,समाबेशितामा सहज गरी विभिन्न कार्यक्रममा सहभागिता र समावेशी भूमिका निर्वाहका लागि सबैको पहल आवश्यक छ। समृद्ध नेपाल, सुखी नेपाली बनाउन यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा सँगसँगै लैजान आवश्यक छ।
पश्चिमतिर तेस्रो लिङ्गिलाई सिङ्गारु भन्ने गरिएको छ। मेटी पूर्वी नेपालतिरबाट आएको शब्द हो। पुरुष लिंग लिएर जन्मेपनि हुर्कँदा आफूलाई स्त्री स्वभाव पाउने व्यक्तिलाई मेटी भन्ने गरिएको छ। यस्ता व्यक्तिले आफूलाई महिला वा पुरुष दुवै ठान्दैनन्। तेस्रो लिङ्गी व्यक्तिलाई हिमाली भेगमा फुलुफुलु भन्ने गरिएको छ। तेस्रोलिङ्गी व्यक्तिलाई तराईतिर मौगिया वा कोथि भन्ने गरिन्छ। केटीको भेषमा नाँच्ने पुरुष वा तेस्रोलिङ्गलाई मारुनि भनिन्छ।
तेस्रोलिङ्गीलाई कहिल्यै नदेखेका कारण उनीहरुसँग कुराकानी गर्न डर लाग्ने अनुभव भएको जौमाया थापाले पंक्तिकारसँग बताएकी थिइन्। वास्तवमा तेस्रोलिङ्गीसँगको सामीप्यता, बोलिचाली, आदरपन, सेवादायीले नजिकको सम्बन्धको पनि विकास गरायो। थुप्रै तेस्रोलिङ्गी, समलिङ्गीसँगको भेटमा आआफ्नो अनुभव सुनाउनपछि परेनन्। अक्सर मात्रामा मेघना लामा, ज्योति थापा सँगसँगै हिँड्दा ( जो केटा हो तर केटीको पहिरन गर्दछन्) कतिले नजिस्काएका पनि होइनन् हामीलाई। मेघना लामा र ज्योति थापा भन्छन्, ‘हाम्रो पछि यी केटाहरु लाएर हैरान पारे। तर हामीलाई यिनीहरु दाजुभाई जस्तो लाग्छ। केटाहरु हामीलाई केटी जस्तो ठानी गिज्याँउछन्।’
सरगम गुरुङ अर्का तेस्रोलिङ्गी हुन् जसले बढी हेलमेल केटीहरुसँग भए पनि कहिल्यै शारीरिक आकर्षणको भावना नआएको बताए। मेघना लामा तथा चरी श्रेष्ठले सरकारले सहयोग नगरेको गुनासो गरे। उचित रोजगार, आरक्षण, अवसर नभएकाले विभिन्न ठाँउहरुमा यौन व्यवसाय वा विवाह समारोहहरुमा नाँच देखाई मनोरञ्जनको साधन भई हास्य पात्र हुनुपरेको गुनासो पोखे।
आफूहरूको मर्म कसैले पनि नसुन्ने ,रोजगार ,शिक्षा ,स्वास्थ्य जस्ता सेवाबाट बञ्चित हुनु परेको, आफूलाई लुकाईलुकाई हिँड्नु परेको, बाहिर निस्कँदा घृणा गर्ने, तिरस्कार गर्ने, हिजडा ,छक्का जस्ता शब्द प्रयोग गर्ने गरेको ज्योति थापा बताँउछिन्। चरी श्रेष्ठ भन्दै थिईन्, ‘हामीलाई हिजडा ,छक्का भनेर भन्दा कति पनि मन नपरेको र दुःख लाग्दछ तर हाम्रो मर्म बुझ्ने कसले?’
तेस्रोलिङ्गी, समलिङ्गीका मुद्दामा वकालत गर्न २०५८ सालमा नीलहीरा समाज गठन भएको हो। रोजगारी नपाएका र अपहेलितलाई अवसरको खोजी र वकालतमा टेवा पुर्याउँदै आएको छ। लैंगिक अल्पसंख्यकको पहिचान खुल्ने गरी सरकारले नागरिकता दिने व्यवस्था पनि गरेको छ। नेपालको सर्वोच्च अदालतले २०६४ सालको पुसमा लैंगिक पहिचानका खुल्ने गरी तेस्रो लिङ्गीलाई नागरिकता दिन आदेश दिइसकेको छ।
यौन सम्बन्धी सम्पूर्ण विचारलाई यौनिकता भन्ने गरिन्छ। यसले कुनै पनि शारिरीक तथा भावनात्मक आकर्षणको दिशा बोध गर्दछ र त्यो आकर्षण विपरित लिङ्ग भएको व्यक्तिप्रति वा समान लिङ्ग भएको व्यक्तिप्रति वा सबै लिङ्गप्रति पनि हुन सक्छ जसलाई वा यौनिकतालाई तीन चरणमा विभाजन गर्न सकिन्छ।
विपरीत लिङ्ग: यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले आफूभन्दा विपरीत लिङ्ग भएको व्यक्तिप्रति आकर्षित हुन्छ। आफू पुरुष भए पनि उसले महिलाको पहिरन अपनाएर महिलापन देखिन गई पुरुषप्रति नै आकर्षित हुन्छ।
नेपालको सर्वोच्च अदालतले २०६४ सालको पुसमा लैंगिक पहिचानका खुल्ने गरी तेस्रो लिङ्गीलाई नागरिकता दिन आदेश दिइसकेको छ।
समलिङ्गी: आफू समान लिङ्ग भएको व्यक्तितर्फ आकर्षित हुनेलाई समलिंगी भनिन्छ। अंग्रेजिमा होमोसेक्सुअल भनेता पनि पुरुष समलिङ्गीलाई ‘गे’ शब्द बढी प्रयोग गरिन्छ भने महिला समलिङ्गीलाई ‘लेस्बियन’ भन्ने गरिन्छ। जसमा पुरुष पुरुषप्रति महिला महिलाप्रति विवाह वा सम्बन्ध राख्ने गर्दछ।
नवीन राई (नाम परिवर्तन ), दिनेश ओझा (नाम परिवर्तन )ले कुराकानीका क्रममा विपरीत लिंगीबीचको विवाहलाई आम रूपमा स्वीकार गरिएजस्तै समलिंगीबीचको विवाहलाई पनि स्वीकार गरिनुपर्ने धारणा राख्छन्।
द्विलिङ्गी: शारीरिक तथा भावनात्मक रुपले महिला वा पुरुष दुवैसित आकर्षित हुन्छ। यसरी हेर्दा यस लेखमा उल्लेख गरिएका नामहरु (मेघना लामा , ज्योति थापा , चरी श्रेष्ठ , सरगम गुरुङ) नील हीरा समाजसँग सम्बन्धित छन्। जसले एलजीबीटीआईक्यु समुदायका व्यक्तिको खोजी, उनीहरूका मुद्दाको वकालती तथा अवसर खोजीमा सहयोग गर्ने काम गर्दछ।
क्विअर: क्विअर भनेको एउटा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकलाई समग्र रूपमा बुझाउने गर्दछ। मानिसले आफूलाई ट्रान्सजेन्डर, लेस्बियन, गे, बाइसेक्सुअल वा इन्टरसेक्स भनेर यकिन गर्न सक्दैनन् वा चाहँदैनन् उनीहरू आफूलाई क्विअर भन्न रुचाउँने गर्दछन्।
ब्लु डायमन्ड सोसाइटीका कार्यक्रम संयोजक सञ्जय शर्माका अनुसार ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले बुझ्न नसकेको कारण समुदाय अझै पनि खुलेर बाहिर आउन नसकेको उल्लेख गर्छन्। राज्यले दिएको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ।
‘हामीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको यौन स्वास्थ्य, शिक्षा, मानव अधिकार तथा वकालतको क्षेत्रमा काम गर्दै आएको हुँदा नयाँ पाठ्यक्रममा यो विषय पनि समावेश गरे आउने सन्ततिले ज्ञान हासिल गर्न सक्नेमा ढुक्क भएको छौँ,’ शर्माले बताए।
यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान अवसर , रोजगारी, इच्छा आकांक्षा,समाबेशितामा सहज गरी विभिन्न कार्यक्रममा सहभागिता र समावेशी भूमिका निर्वाहका लागि सबैको पहल आवश्यक छ। समृद्ध नेपाल, सुखी नेपाली बनाउन यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा सँगसँगै लैजान आवश्यक छ। संविधानअनुसार लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका आधारमा समेत भेदभाव नगरी न्यायिक व्यवस्था लागू गर्न मद्दत पुर्याऔं। लैंगिक अल्पसंख्यकले गौरवका रूपमा मनाउने प्राइड मन्थ (जुन)लाई भेदभाव कम गर्ने वातावरण निर्माण गर्न सहयोग गरौँ।


