काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई क्याप्टेनलाई निलम्बन गरेको छ।
हवाई सुरक्षा प्रोटोकल पालना नगरेको आरोपमा दुई क्याप्टेनलाई निलम्बन गरिएको क्यानले जानकारी दिएको हो।
काठमाडौँ विमानस्थलबाट जापानको नारिता विमानस्थलमा जहाज उडानका क्रममा हवाई सुरक्षा प्रोटोकल पालना नभएको क्यानको ठहर छ।
अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानको भनाइ छ।
For breaching flight safety rules and not following the A330 Standard Operating Procedure during Kathmandu-Narita flight, two captains of Nepal Airlines have been suspended from flight duties until further notice. pic.twitter.com/zEK9gQiSf0
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) June 22, 2023


