२०८३ कार्तिक २० गते बिहिबार

सडक आसपासका जग्गामा २५ प्रतिशत कर लगाउने कानुन बन्दै, नतिरे जग्गा नै लिलाम हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
tax

काठमाडौँ: सरकारले सडक आसपासका जग्गामा कर लगाउने तयारी गरेको छ। नयाँ बन्ने सडकका कारण जग्गाको मूल्य वृद्धि हुने भन्दै जग्गाधनीसँग विकास कर असुल गर्ने कानुन बनाउन लागिएको हो।

सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ को मस्यौदामा सडक विस्तार वा निर्माण गर्दा आसपासका जग्गाधनीले राज्यलाई निश्चित रकम करका रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

विधेयकको परिच्छेद-४ मा विकास कर र दस्तुर सम्बन्धी व्यवस्था अन्तर्गत सडक बनेपछि लाभान्वित हुने जग्गाधनीमाथि कर लगाउने प्रस्ताव गरिएको छ।

विधेयकको दफा २५ अनुसार, सडक निर्माणका लागि जग्गा प्राप्ति गर्दा जुन क्षेत्र वा इलाकामा मुआब्जा निर्धारण गरिएको हुन्छ, सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास करको दर निर्धारण गर्न सकिनेछ। सडक बनेपछि जग्गाको मूल्यमा हुने उच्च वृद्धिलाई करको दायरामा ल्याउन यस्तो व्यवस्था गरिएको मस्यौदामा उल्लेख छ। संघीय, प्रादेशिक वा स्थानीय सडक सञ्जालको दायाँ-बायाँ रहेका जग्गामा यस्तो कर लाग्नेछ।

विधेयकको दफा २६ मा कर असुली सम्बन्धी कडा प्रावधान छ। तोकिएको म्यादभित्र विकास कर नबुझाएमा सरकारी बाँकी सरह (मालपोत बाँकी सरह) कारबाही चलाइनेछ। यति मात्र होइन, कर नबुझाउने जग्गाधनीको जग्गा नै लिलाम बढाबढ गरी कर असुल गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ। जग्गा लिलाम गर्नुअघि भूमि प्रशासन सम्बन्धी मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

विधेयकले सडक प्रयोगकर्ता सवारी साधनबाट पनि सडक उपभोग दस्तुर अर्थात् टोल ट्याक्स उठाउन सक्ने बाटो खोलेको छ। मस्यौदाको दफा २७ अनुसार, मापदण्ड बमोजिमका सार्वजनिक सडक उपयोग गरेबापत सवारी साधनले सेवा शुल्क बुझाउनुपर्नेछ। यस्तो शुल्कको दर र प्रक्रिया सरकारले तोकेबमोजिम हुनेछ।

सडक सीमाभित्र खानेपानीका पाइप, ढल, बिजुलीका पोल वा टेलिफोनका तार राख्दा पनि सडक कार्यालयले सेवा शुल्क लिन पाउनेछ। दफा २८ र २९ मा युटिलिटी करिडोर निर्माण र उपयोग गरेबापत निजी वा सार्वजनिक संस्थाले सडक कार्यालयलाई तोकिएको शुल्क बुझाउनुपर्ने उल्लेख छ।

सडक सीमाभित्र अनुमतिबिना ढल वा पाइप बिछ्याएमा १० लाख रुपैयाँसम्म, मापदण्डविपरीत मालवाहक सवारी चलाएमा ५ लाख रुपैयाँसम्म, सडक सीमाभित्र स्थायी संरचना (घर/टहरा) बनाएमा ५ लाख रुपैयाँसम्म, अनुमतिबिना सडक खनेमा वा बिगारेमा मर्मत खर्च भराउनुका साथै थप जरिवाना हुने प्रस्ताव मस्यौदामा गरिएको छ।

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०६:५२
प्रतिक्रिया

थप समाचार

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

हिमालबाट आम्दानी बढाउने नेपालको प्रयास, थप ६ शिखरलाई अन्तर्राष्ट्रिय मान्यताको दिलाउने पहल

काठमाडौँ: नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै...

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना