२०८३ कार्तिक २६ गते बुधबार

व्यवसायी राजु कंडेल संकटमा, पद्म कोलोनीले ऋण नतिरेपछि जग्गा लिलाम गर्दै प्रभु बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
Prabhu Bank

काठमाडौं। पद्मा ग्रुप खडा गरेर व्यवसायिक गतिविधि अघि बढाएका राजुप्रसाद कंडेल हाल गम्भीर वित्तीय संकटमा परेका छन्। पद्म फिल्म हल र टेलिभिजन सञ्चालन गरिरहेका कंडेलले पछिल्ला वर्ष हाउजिङ परियोजना र पाँचतारे होटल सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेका थिए।

तिनै कंडेलले ऋण नतिरेपछि प्रभु बैंकले पद्म कोलोनी प्रालिको स्वामित्वमा रहेको जग्गा लिलामी प्रक्रिया अघि बढाएको छ। बैंकले व्यसायी कंडेललाई ऋण तिन ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ।

उक्त समय भित्र ऋण नतिरे बैंकले पद्म कोलोनीको नाममा रहेको जग्गा बेचेर ऋण असूली गर्ने भएको छ। बैंकले मालपोत कार्यालय कलंकीमा दर्ता भएको पद्म कोलोनीको नाममा रहेको डाँडा पौवा रामकोट र स्युचाटारमा रहेको जग्गा लिलाम गर्ने भएको हो।

पटक पटक ताकेता गर्दा पनि ऋण तिर्नतर्फ ध्यान नदिइ आलटाल गरेकाले असूलीका लागि लिलामी प्रक्रिया अघि बढाएको बैंकले स्पष्ट पारेको छ। ३५ दिनभित्र ऋण नतिरे वा नियमित नगरे कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी लिलामी प्रक्रिया अघि बढाउने बैंकले चेतावनी दिएको छ।

मेयरलाई घुस दिने व्यवसायी राजु कँडेल संकटमा, ऋण नतिरेपछि जग्गा लिलाम गर्दे सञ्चय कोष

३६ देखि ४२ दिनभित्र बोलपत्र पेश गर्न बैंकले प्रस्ताव आब्हान पनि गरेको छ। ४२ औं दिनमा परेका प्रस्ताव खोल्ने भएको छ।

यसअघि कर्मचारी सञ्चय कोषले उनको जग्गा लिलामीको प्रक्रिया अघि बढाएको थियो। सञ्चय कोषले पद्मा हस्पिटालिटी प्रालिका लागि लिएको ऋण नतिरेपछि नागार्जुन नगरपालिका वडा नम्बर २ ठूलो भयाङमा रहेको २८ सय २ वर्गमिटर जग्गा बोलकबोलमार्फत एकमुष्ठ लिलाम गर्न बोलपत्र आब्हान गरेको थियो।

व्यवसायी कँडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट ऋण लिएका थिए।

कंडेलको पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका २ ठुलो भर्याङमा रहेको ११ वटा कित्ता जग्गा धितोमा राखेर ऋण लिएका थिए।

उक्त जग्गामा कंडेलले पद्म हस्पिटालिटीमार्फत दुई अर्ब ३० करोड रुपैयाँमा दुई सय कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालन गर्ने योजना बनाएका थिए।

पद्मा हस्पिटालिटको जग्गा बिक्री नभएपछि सञ्चय कोषले निकाल्यो तेस्रो पटक लिलामी

होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो। जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो।

होटल आगामी वर्ष २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना त्यसबेला कँडेलले सार्वजनिक गरेका थिए।

कँडेल ऋण तिर्न नसकेपछि सांग्रिला डेभलपमेन्ट बैंक पनि सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको थियो।

सांग्रिलाबाट पद्मा कोलोनी हाउजिङ परियोजना बनाउन लिएको कर्जाको साँवा, ब्याज नतिरेको बैंकले जनाएको थियो। पद्मा कोलोनीको दुई हाउजिङ परियोजनामा पाँच अर्ब ६८ करोड रुपैयाँ लगानी हुने बताइएको थियो।

रामकोटको फेज पाँचमा तीन अर्ब ५० करोड र इटहरीको फेज ६ मा दुई अर्ब १८ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको थियो।

बैंकले पद्मा कोलोनीको नाममा रहेको काठमाडौं रामकोटस्थित २३ कित्ता र ललितपुरको लगनखेलमा रहेको एक गरी कुल २४ वटा कित्ता जग्गा लिलामको प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: २०८३ साउन २८ गते बिहिबार ०८:२७
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना