काठमाडौँः प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्।
प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन्।
प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रतिफल वितरणसम्बन्धी प्रस्ताव आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई वितरण गरिनेछ।
दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षमा गरेको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।