काठमाडौँः साताको पहिलो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक नेप्से १९.१३ अंकले घटेर नेप्से २ हजार ५९९.५८ अंकमा बन्द भएको हो । कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर निरन्तरता पाउँदा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
यो दिन कुल ३५० वटा कम्पनीको ८५ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २३ करोडमा किनबेच भयो । जसमा ४७ वटाको सेयर मूल्य बढ्दा २२९ वटाको मूल्य घटेको हो ।
यो दिन सर्वोत्तम पेन्ट्सको १४.९९ प्रतिशतले मूल्य बढ्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले मूल्य बढेको छ ।
यस्तै आजको कारोबारमा सर्वाधिक मूल्य घट्नेमा पञ्चकन्यामाई हाइड्रो अगाडि छ । यो कम्पनीको ९.८३ प्रतिशतले मूल्य घटेको हो । साथै, यस दिन रिलायन्स स्पिनिङ मिल्सको कारोबार उच्च भएको छ । उक्त कम्पनीको मात्र १२ कारोड ७२ हजारको काराबार भएको छ ।