२०८३ कार्तिक २२ गते शनिवार

किन बढ्दैछ बेरुजु?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
sarokar_samiti_NA

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था, महालेखाको प्रतिवेदन कार्यान्वयन स्थिति, लेखापरीक्षणका समस्या तथा चुनौती र समाधानका उपायबारे महालेखापरीक्षकको कार्यालयसँग छलफल गरेको छ।

बर्सेनि बेरुजु बढ्नुको कारण र आगामी दिनमा सुधारका लागि कस्तो पहल गर्न सकिन्छ भनेर महालेखासँग छलफल गरिएको समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले बताइन्। ‘बेरुजु कम गर्न वित्तीय सुशासन कायम गर्नुपर्ने देखिएको छ। त्यस्तै, नीतिगत र संरचनागत सुधार, जनशक्ति व्यवस्थापन, नयाँ प्रविधिको प्रयोग, कानूनको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा महालेखा परीक्षकको कार्यालयसँग छलफल भएको छ। प्राप्त सुझाव कार्यान्वयनका लागि समितिले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनेछ’, उनले भनिन्।

समितिको आजको बैठकमा विकास निर्माणका काममा कर्मचारीले कमिसन माग्ने गरेका कारण बेरुजु बढेको, लेखापरीक्षणमा खटिने कर्मचारीलाई खर्च उपलब्ध गराउने गरेको, कर्मचारी चाँडो सरुवाका कारण पनि बेरुजु बढेको, आयोजना तथा कार्यक्रममा पेश्की खर्चका रूपमा धेरै रकम उपलब्ध गराउने गरेकोलगायतका विषय सांसदहरूले उठाएका थिए।

सांसद कुमार दसौदीले वर्षान्तमा धेरै बजेट खर्च हुने र असार मसान्तमा ठूलो रकम भुक्तानी तथा रकमान्तर हुने प्रवृत्तिलाई कम गर्न आवश्यक रहेको बताउनुभयो। यस्तो प्रकृतिको भुक्तानी कसरी कम गर्न सकिन्छ र वर्षान्तको कारोबारको लेखापरीक्षण कसरी हुने गरेको छ भन्दै उनले प्रश्न गरे। सांसद दीपा गुरुङले पनि असार मसान्तमा खर्च गर्ने प्रवृत्ति रोक्न सक्नुपर्ने धारणा व्यक्त गरिन्।

बैठकमा सांसद भगवती न्यौपानेले बेरुजु घटाउनका लागि विद्यमान कानूनी व्यवस्थामा के–कस्तो सुधार आवश्यक छ भनेर महालेखापरीक्षकको कार्यालयसँग सुझाव मागिन्। त्यस्तै, सांसद सोनाम गेल्जेन शेर्पाले बेरुजु रकम बढ्नुमा सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवार बनाएर कारबाही हुन नसकेको तथा कर्मचारीकै कारण बढी बेरुजु देखिएको बताए।

सांसद इन्दु कडरियाले प्रदेश र स्थानीय तहका कारोबारको अभिलेख दुरुस्त गर्नुपर्ने, स्थानीय तहले कार्यपालिका निर्णयबिनै खर्च गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने तथा एउटा किस्ता भुक्तानी गरिसकेपछि सोबमोजिम काम भए–नभएको हेरेर मात्र अर्को किस्ताको रकम भुक्तानी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, अर्का सांसद राजेन्द्रलक्ष्मी गैरेले उपभोक्ता समिति र स्थानीय सरकारको कागजपत्र नपुग्दा बढी समस्या हुने गरेको छ। बेरुजु बढाउनुमा बढी जिम्मेवार को हो भनेर पहिचान गर्न आवश्यक रहेको पनि उनको भनाइ छ।

समितिमा उठेका प्रश्नको जवाफ दिँदै कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले हरेक वर्ष बेरुजु बढिरहेकोमा सम्बन्धित कार्यालय, लेखा उत्तरदायी अधिकारी र स्थानीय तहबाटै सुधार गर्नुपर्ने बताए। त्यस्तै, कसको कारणले बेरुजु बढिरहेको छ भनेर कारण पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ। लेखापरीक्षणले गर्दा विकास निर्माणका काममा ढिलासुस्ती भएको भनेर आरोप लाग्ने गरेको, लेखापरीक्षण गर्ने कर्मचारीको विज्ञता तथा नियतमाथि प्रश्न उठ्ने गरेको कुँवरले बताइन्।

उपमहालेखापरीक्षक महेश्वर काफ्लेले लेखा परीक्षणको उद्देश्य वित्तीय सुशासन कायम गर्नु रहेको बताए। ‘महालेखा परीक्षकको कार्यालयले सरकारी खर्चको मुल्याङ्कन, परीक्षण र प्रतिवेदन तयार पार्ने काम गर्छ। सार्वजनिक खर्चमा विद्यमान ऐन, नियम, कानून पालना भएको छ कि छैन भनेर हेर्छ’, उनले भने, ‘बेरुजु बढ्नमा धेरै दोहोरिने समस्या भनेका खरिद व्यवस्थापन, ठेक्का सञ्चालन तथा प्रशासन, अनावश्यक खर्च, सोझै खरिद, सार्वजनिक सम्पत्तिको दुरूपयोग, अनावश्यक राजस्व छुट दिइनुलगायतका विषय हुन्।’

त्यसैगरी प्रदेशका कार्यालयमा दोहोरोपना देखिनु, अनुदान रकमको न्यून उपयोगिता, परामर्श सेवामा धेरै खर्च, अभिलेख व्यवस्थापनलगायतका समस्या रहेको पनि उनको भनाइ छ। लेखापरीक्षणमा खटिने कर्मचारीको खर्च महालेखा परीक्षकको कार्यालयले नै व्यहोर्ने गरेको तथा कसैको प्रभाव र दबाबमा लेखापरीक्षण नहुने काफ्लेले बताएका थिए।

त्यस्तै, उपमहालेखा परीक्षक विन्दु विष्टले महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउने काम गरे पनि बेरुजु फर्स्योट नगर्ने कार्यालय र कर्मचारीलाई कारबाही गर्न नसक्ने बताए।

साढे ९ खर्बभन्दा बढी बेरुजु
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनअनुसार सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ।

महालेखाको वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कुल ६ हजार ५४३ वटा निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्ष २०७८/७९ सम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको हो। कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु रू तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख बराबर रहेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रू एक खर्ब १९ अर्ब ७७ करोड बराबर बेरुजु थपिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष मात्रै सङ्घीय सरकारी निकाय तथा कार्यालयमा रू ५६ अर्ब ३१ करोड, प्रदेशका निकाय तथा कार्यालयमा रू सात अर्ब २० करोड, सरकारका विभिन्न समिति तथा संस्थाको रू १३ अर्ब ३८ करोड र स्थानीय तहको रू ४२ अर्ब ८८ करोड बराबर बेरुजु थपिएको देखिन्छ।

महालेखाले गत वर्ष छ हजार पाँच सय ४६ वटा सरकारी निकायको रू ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख बराबरको लेखापरीक्षण गरेको थियो। गत वर्षको मात्रै बेरुजु हेर्दा सङ्घीय निकायहरूमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालयमा मात्रै रू ३२ अर्ब ४६ करोड ८८ लाख बराबर बेरुजु देखिएको छ। त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रू आठ अर्ब ७९ करोड ७४ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रू दुई अर्ब ७० करोड ५८ लाख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रू दुई अर्ब ५३ करोड ७१ लाख बराबर बेरुजु थपिएको छ। लेखापरीक्षण अङ्कको तुलनामा बेरुजु रकम हेर्दा सबैभन्दा बढी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १८ दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ।

संवैधानिक निकायहरू राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, न्याय परिषद् र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भने न्यून बेरुजु देखिन्छ।

प्रकाशित: २०८० असार ११ गते सोमबार ०९:०५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना