काठमाडौं- आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको विनियोजन विधेयक बहुमतले पारित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि विनियोजन विधेयकमाथि मतदान भएको थियो। मतदानका क्रममा उक्त प्रस्तावको पक्षमा १४७ सांसदले मतदान गरेका थिए। विधेयक पारित गर्नका लागि उक्त संख्या पर्याप्त भएकाले विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका थिए।
प्रस्तावको विपक्षमा १०८ सांसदले मतदान गरेका छन्। मतदानमा २५५ जना उपस्थित थिए। कुनै पनि सांसद तटस्थ बसेका थिएनन्।


