काठमाडौं– श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरिएको जनाएको छ। शनिबार काठमाडौं–धनगढी उडानका क्रममा श्री एयरको विमान प्राविधिक समस्याले फर्किएपछि नागरिक उड्डयन प्राधिकरणले कम्पनीका सबै जहाजको चेकजाँचपछि मात्रै उडान भर्न निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनअनुसार जहाज चेकजाँचका लागि आइतबार सबै उडान रद्ध गरिएको कम्पनीले बताएको हो। सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान थालिने कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।
शनिबार काठमाडौंबाट ३ः३० बजे उडेको कम्पनीको जहाजमा प्राविधिक समस्या देखिएपछि धनगढीमा अवतरण हुन नसकेर डेढ घन्टामा पुनः काठमाडौं नै फर्किएको थियो।


