काठमाडौँ- घोराही सिमेन्टको आईपीओ पुनः खुल्ने भएको छ। धितोपत्र बोर्डले घोराहीका पक्षमा निर्णय गर्दै पुन आवेदन खोल्ने सक्ने गरी निर्णय गरिदिएको हो।
यसअघि नै कम्पनीको सेयर किन्नका लागि आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय दिने निर्णय समेत बोर्डले गरेको छ। लगानीकर्ताले रकम थपघट गरेको ७ दिनसम्म नयाँ आवेदकले पनि पनि सेयर किन्नका लागि आवेदन दिन सक्नेछन्।
गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले यसरी खातामा पर्याप्त पैसा नै नभई आवेदन दिएका हुन्।
खातामा पर्याप्त रकम नभई १० लाख कित्तासम्म आवेदन दिने अन्यमा सुनसरीका मिथिलेशकुमार मेहता, दोलखाका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंकी सुमित्रा बम रहेका छन्।
बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो। पर्याप्त रकम नभए पनि आवेदन स्वीकृत गर्ने एनआइसी एसिया बैंकविरुद्ध पनि कारबाही गर्ने तयारी गरेको छ।
घोराहीको आईपीओ : खातामा भएको रकमभन्दा बढी आवेदन दिनेविरुद्ध जालसाजी मुद्दा!


