काठमाडौँ– मनाङ एयरको हेलिकोप्टरमा सवार ५ जनाको शव भेटिएको छ। सोलुखुम्बुको लिखु पिके गाउँपालिका-५ लामाजुरा डाँडास्थितमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकोप्टरमा ६ जना सवार थिए।
रुखमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ।
बस्नेतका अनुसार कसैको पनि शवको पहिचान हुन सकेको छैन। एक जनाको शव खोजी भइरहेको बस्नेतले बताएका छन्।
सोलुखुम्बुको सुर्केबाट उडेको मनाङको हेलिकोप्टर बिहान १० बजेर ५ मिनेटबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी बताएको थियो।


