२०८३ कार्तिक २२ गते शनिवार

उपत्यकामा हुइँकिँदै द्रुत बस

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन ५
infra

काठमाडौं– सार्वजनिक यातायातको सेवा नागरिकमैत्री नभइरहेका बेला सरकारले नै अबदेखि उपत्यकामा छुट्टै लेनमा हुइँक्याउने गरी सार्वजनिक द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ। तर, यातायात व्यवसायी महासंघमा आबद्ध सवारीधनीका बस नै चलाइने भएपछि सेवा प्रवाह गुणस्तर हुने आशंका भने यथावत् छ।

सार्वजनिक यातायातका साधनले बिहान–बेलुकी कार्यालय समयसमेत यात्रु कुर्ने, १० मिनेटको यात्रालाई एक घन्टा लगाइदिने हुँदा कामकाजीले सास्ती बेहोर्दै आएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रीले चाहेको समय गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले १ असोजदेखि ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ‘द्रुत बस’ सेवा सञ्चालन तयारी गरिरहेका छौं। त्यसपछि अन्य रुटमा पनि यस्तो सेवा सञ्चालन गर्नेछौं।’

यातायातमन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी महासंघका पदाधिकारीसहित बिहीबार मन्त्रालयमा बसेको बैठकले ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरुमा द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जानकारी दिए। उनका अनुसार द्रुत बस सेवाका लागि सुरुमा ४० सिटभन्दा माथिका करिब २५ वटा बस सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ। उनले द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ फरक गरिने बताए।

मन्त्री ज्वालाले यसअघि दु्रत बस सेवाको सडक लेन बनाउन सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र ‘रोड परमिट’ को व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, ‘जामको समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा एक घन्टा ३० मिनेट लाग्ने गरेको छ। ‘द्रुत बस’ सेवा सञ्चालनपछि जामको बेला समेत ४५ मिनेटमा पुग्न सकिने गरी व्यवस्था मिलाउँदै छौं।’ दु्रत बस सेवा सञ्चालनका लागि मोबाइल एप प्रयोगमा ल्याइने हुँदा द्रुत बस कुन समय कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी पाउन सकिने उनले दाबी गरे।

प्रकाशित: २०८० साउन ५ गते शुक्रबार ०७:२६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना