काठमाडौँ- नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा प्रवाहको लक्ष्य गत वर्षको तुलनामा १.१ प्रतिशतले घटाएर ११.५ प्रतिशतमा सिमित गरेको छ।
यसैगरी राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि विस्तृत मुद्रा प्रदाय भने १२.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ।
