काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५० प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ।
यसैगरी बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखिएको छ भने ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर १ प्रतिशतले घटाएर ४.५ प्रतिशत कायम गरेको छ।
बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरलाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखिएको छ।
ब्याजदर कोरिडोर प्रभावकारी बनाउन ब्याजदर करिडरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था मौद्रिक नीतिले गरेको छ।
यसैगरी राष्ट्र बैंकले नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ।
