काठमाडौँ- नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर कर्जा, घरजग्गा कर्जा र हायर पर्चेज कर्जाको जोखिम भार घटाउने उल्लेख गरेको छ।
२५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशत जोखिम भार रहेकोमा त्यसलाई ५० लाख बनाइने राष्ट्र बैंकले गरेको छ। ५० लाखभन्दा बढीको सेयर कर्जामा भने १५० नै जोखिम भार कायम रहने छ।
यस्तै २५ लाख भन्दा कम मूल्य पर्ने सवारी साधनको जोखिम भार १५० बाट घटाएर १०० प्रतिशत कायम गरिनेछ।
यस्तै रियल स्टेट करोबारमा आवसीय कर्जाको मात्रै जोखिम भार घट्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाताएको छ।
आवसीय कर्जामा जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० कायम गरिने उनले बताए।


