२०८३ कार्तिक २२ गते शनिवार

लम्पीको महामारी रोक्न चाँगुनारायणले गोठगोठमा खटायो प्राविधिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
lumphy skin gaibastu

भक्तपुर- महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ। कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाईपालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो।

नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँका अधिकांश बासिन्दाको घरघरमा गाईभैँसी पालन रहेकोमा अधिकांशको घरमा लम्पी स्किन रोगले गाई बिरामी हुने र मर्न थालेपछि नगरपालिकाले अभियान सञ्चालन गरेको बताए।

‘एक महिना अगाडिदेखि नै यो रोगको महामारी फैलिएको थियो, हाम्रो तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास ग¥यौँ, यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्,’ नगरप्रमुख खत्रीले भने, ‘लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ।’

नगरपालिकाको पशुपक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाएर एक हजार पाँच सय खोप लगाएको बताए। शाखाका चिकित्सकसहितको प्राविधिक टोलीले वडावडामा घुम्ती शिविरनै सञ्चालन गरेर गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जनचेतनामूलक जानकारी गराएको छ।

नगरप्रमुख खत्रीसहित बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले एकसाता अगाडि बागमती प्रदेशका पशुपक्षी मन्त्री डा राजेन्द्र श्रेष्ठसँग भेट गरी लम्पी स्किन रोग नियन्त्रणका लागि पर्याप्त मात्रामा खोप एवं औषधिको व्यवस्था गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका थिए।

महामारी नियन्त्रणका लागि नगरपालिकाले २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उहाँले यो रोगबाट भएको क्षतिको विवरण स¬ङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए।

धेरै जसो किसानले पशु बीमा नगराएको र पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा किसानले यो रोगबाट लाखौँको क्षति व्यहोर्नुपरेको छ। समयमै खोप नआउँदा महामारीले चरम रूप लिएपछि घरघरमा पालेका गर्भवती गाईदेखि दूध दिइरहेको गाईहरू मरेका छन्।

पुश बीमा गराएकाले पनि बीमा कम्पनीबाट सहजरूपमा क्षतिपूर्ति नपाउँदा समस्या परेको छ। पशु बीमाको रकम किसानलाई बीमा कम्पनीले उपलब्ध गराउन समेत नगर प्रमुख खत्रीले आग्रह गरे।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०९:०२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना