काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूलय प्रतितोला ८ सय रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो । आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ ।
चाँदीको मूल्य बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।


