२०८३ साउन १३ गते बुधबार

प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो लगानी बोर्डको वार्षिक प्रतिवेदन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन १४
lagani board pm
तस्बिर, प्रधानमन्त्री प्रचण्डको सचिवालय

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्। आज बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्यविवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्तो बताएका हुन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आव २०७९/८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरे। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावलीबमोजिम प्रत्येक आर्थिक वर्षको सुरुआतमा बोर्ड अध्यक्ष रहेका प्रधानमन्त्रीसमक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेस गर्ने र बोर्ड अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्य सम्पादन करार गर्नुपर्ने व्यवस्थाबमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो।

प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिए।

संस्थालाई तुलनात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा ‘की इन्स्टिच्युट’का रूपमा विकास गर्ने सोच वर्तमान सरकारको रहेको बताउँदै बोर्डले गरेको कार्य प्रगतिले संरचना तयार भइसकेको विश्वास उनले व्यक्त गरे।

प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृछि र विकासमा योगदान दिन आग्रह गरे। आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताए।

प्रधानमन्त्री प्रचण्डले गत आवमा बोर्डबाट भएका कार्यले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिने र पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

परियोजना विकासमा बोर्डले अपनाएको स्क्रिनिङ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र स्ट्रक्चरिङमा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई सार्वजनिक/निजी/साझेदारी (सानिसा) परियोजना बैंकलाई उपयोगी बनाउन सहयोग मिल्ने प्रधानमन्त्री प्रचण्डले बताए। बोर्डको समन्वयमा सम्बन्धित मन्त्रालय तथा प्रदेश सरकारबाट समेत सहयोग लिन सकिने उनले सुझाए।

प्रतिवेदन पेस गर्दै बोर्ड अध्यक्ष सुशील भट्टले गत आवमा संस्थाको म्यान्डेट, बोर्डको व्यावसायिक योजनासहितको रणनीतिक योजना तथा सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही विभिन्न समयमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशनसमेतका आधारमा सम्पन्न कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको बताए। प्रतिवेदनमा सम्झौताबमोजिमका विषयमा चार खम्बे रणनीतिबमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीअन्तर्गतका कार्य प्रस्तुत गरिएको छ।

प्रकाशित: २०८० साउन १४ गते आईतबार ०९:२८
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना