काठमाडौँ- पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को पुँजी बजार सम्वन्धी नीति तथा कार्यक्रम प्रकाशन गरेको छ। विगतमा बोर्डले पत्रकार सम्मेलन आयोजन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएकोमा यो वर्ष भने वेबसाइटमा सार्वजनिक गरिएको छ।
बोर्डले आफ्नो नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपाहीहरुका लागि लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संसोधन तथा परिमार्जन गर्ने नीति लिएको छ। यसैगरी धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्काशन गर्न सक्ने गरी आवश्यक, नीति, नियम तथा निर्देशिका संशोधन गर्ने भनिएको छ।
साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासनका तथा कारोबार सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याउने नीति बोर्डको छ।
वस्तु विनियम बजारसम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्छ्यौट व्यवसाय, वेयर हाउस लगायतका सम्वन्धमा आवश्यक नीति, नियम तथा निर्देशक तर्जुमा गर्ने र बोर्डका कामकारवाहीलाई सजन आवश्यक कार्यविधि तर्जुमा गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
यसैगरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण सम्वन्धी सूचना प्रविधिको विका तथा जोखिम व्यवस्थामा ध्यान दिने भनिएको छ।
यसका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्था तथा बोर्डमा प्रयोग भरहेका र भविषयमा प्रयोग हुने विभिन्न प्रणाहरुको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर हुने भनिएको छ।
बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न इआरपी प्रणालीमा अध्ययन गर्ने तयारी बोर्डले गरेको छ।
यस्तै धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रुफमा प्रयोग भइरहेको एआई प्रविधिमा आधारित एकिकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली कार्यान्वयनका सम्वन्धमा अध्ययन गर्ने, बोर्डबाट हुन अनुसन्धानहरुलाई तथ्याङ्कमा आधारित बताई त्यसको परिणात्मक उपकरणसँग जोड्न तथ्याङ्क विश्लेषण सफ्टवेयर खरिद प्रकृया अगाडि बढाउने र धितोपत्र दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोषको प्रभावकारीरुपमा संचालन गर्न आवश्यक सहजीकरण गर्ने नीति बोर्डले लिएको छ।
नियमन तथा सुपरीवेक्षण सुदृढीकरण र संस्थागत विकास तथा पहुँच अभिवृद्धि गर्न बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
धितोपत्र बजार, बस्तु बजार तथा व्यवसायीहरुलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी लागु गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
धितोपत्र दलाल व्यवसायीहरुको अनुगमन तथा सुपरीवेक्षण व्यवस्थित बनाउन जोखिममा आधारित सुपरीवेक्षण ढाँचा कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ।
यसैगरी सेयर निक्षेप हितग्राही खाता खोल्न भिडियामा आधारित भिसीआईपी प्रणालीमा कार्यान्वयनमा सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै, बोर्डको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद तथा प्राप्त गर्ने कार्य अगाडि बढाउने बोर्डले नीति तथा कार्यक्रमले भनेको छ।
यस्तै संघीय संरचना अनुरुप बोर्डको काम कारवाहीलाई काठमाडौं बाहिर विस्तार गर्न पहिलो चरणमा दुईवटा प्रावदेशिक नियमन संरचना स्थापना गर्नका लागि अध्ययन कार्य अगाडि बढाउने नीति बोर्डले लिएको छ।


