काठमाडौं । झन्डै १५ लाख बराबरको नक्कली नोटसहित भक्तपुरबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ भक्तपुरको चाँगुबाट १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट नक्कली नोट बरामद गरेको हो ।
प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
