काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सेलेन्स अवार्ड २०२३ सम्पन्न भएको छ ।
चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टम ाश्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष ः पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लाग्नु भएका अभिकर्ता साथीहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको बताए ।
उनले भव्य आयोजनाका निम्ति यस कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ,नेपालको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा झन् भब्य र सभ्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेका बताए ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्नपदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो।
त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमसः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।
