काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्न पर्ने बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा राखेका हुन्।
‘सुन तस्करी रोकिएन। कर लगाएर खुलाउनुपर्यो,’ बैठकमा उनले भनेका थिए।
देउवाले नै अर्थमन्त्रालय सम्हाल्न पठाएका डा प्रकाशशरण महत पनि कांग्रेसकै सांसद हुन्। सुन तस्करी नियन्त्रण गर्न अर्थमन्त्री र उनी मातहतको भन्सार विभाग असफल भएको आरोप लाग्ने गरेको हश्र
हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।
